Pokharapatra National Daily

रुपा गाउँपालिकाको पाचौं स्थापना दिवसमा पालिका स्तरिय भलिवल प्रतियोगिता हुने

कास्कीको रुपा गाउँपालिकाको पाचौं स्थापना दिवसको अवसरमा पालिका स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ ।
रुपा गाँउपालिकाको स्थापना दिवसको अवसरमा यही फागुन २३ गते देखि पालिका स्तरिय अध्यक्ष कप भलिवल प्रतियोगिता हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
भलिवल प्रतियोगिताका बिजेताले ८० हजार, उपविजेताले ६० हजार, तेश्रो हुनेले ४० हजार र शान्त्वना हुनेले ३० हजारको सागथमा ट्रफी मेडल र प्रमाण—पत्र वितरण गरिने भएको रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ५ हजार, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर, र उत्कृष्ट लिब्रोलाई जनही ३÷३ हजारको साथमा ट्रफी वितरण गरिने भएको छ । गाँउपालिका अन्र्तगतका ७ वटै वडाहरुमा लोप हुन लागेका जातजातिहरुको संस्कृति परम्परा जगेर्ना र संरक्षण गर्ने उद्धेश्यले रुपा गाउँपालिका स्तरिय झाँकी प्रदर्शनी प्रतियोगिता, विभिन्न प्रजातिका फुल तथा दुबोको माला बनाउने प्रतियोगिता हुने भएको छ । झाँकी तर्फ विजेताले ३५ हजार, दोश्रो हुनेले २० हजार र तेश्रो हुनेले १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । दुबोको माला प्रतियोगितामा विजेताले ४ हजार, उपविजेताले ३ हजार र तेश्रो हुनेले २ हजार रुपैया पुरस्कार प्राप्त गर्ने भएको छ ।
यही फागुन २७ गते समापनको अवसरमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड सांस्कृतिक प्रस्तुती रहने भएको अध्यक्ष ओझाले बताए । रुपा पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियानको नारा अघि सारेको गाँउपालिकाले राष्ट्र निर्माण र राष्ट्रियताको संरक्षण र सम्बद्र्धनमा अतुलनिय योगदान पुराएका गाँउपालिकाका श्रष्ठाहरु साहित्यकार, लेखक तथा विभिन्न विधामा प्रतिनिधित्व हुने राष्ट्रिय खेलाडीहरुलाई १५ हजार १ सय १ रुपैयाको साथमा ताम्रपत्र सहित दोसल्लाले सम्मान गरिने भएको छ । ३ खेलाडी सहित करिब १२ जना एकै मञ्चमा सम्मानित हुने भएको गाउँपालिकाले जनाएको छ । गत बर्ष उत्त भलिवल सहितको विभिन्न कार्यक्रम गर्ने तयारी गरेसंगै कोरोनाको प्रभावले उत्त कार्यक्रम स्थगित भएको थियो ।
गाउँपालिकाले गाँउपालिका स्तरिय कवर्डहल, प्यारापिट सहितको स्टेडिएम हाल निर्माण हुदै गरेको अध्यक्ष ओझाले जनाए । अध्यक्ष ओझाले अझै पनि प्रदेश र संघिय सरकारले स्थानिय तहसंग समन्वय र सहकार्य विना विभिन्न कार्यालय स्थापना देखि योजनाहरु पार्ने गरेको गुनासो गरे । रुपा गाउँपालिकामा हालसम्म ८५ प्रतिशत एक घर एक धारा पुगेको उनको दाबी छ ।
सवै वडामा ल्याव स्थापना गरिएको, ३ प्राविधिक शिक्षालय स्थापना गरिएको, हाल वडामा करिब ८५ किलोमिटर पिट सडक निमार्णको चरणमा रहेको अध्यक्ष ओझाले जनाए । रुपा गाउँपालिकाका प्रवत्ता टेकबहादुर गुरुङले दिगो विकासको लक्ष्यहरु प्रति ध्यान दिदै पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सडक, सिंचाई, कृषि पशुपालन र रोजगार लगायतको क्षेत्रमा उल्लेखनिय काम गर्दै आएको दाबी गरे ।

प्रतिकृया दिनुहोस्