Pokharapatra National Daily

आरती अधिकारीको ‘लुकी लुकी मायाले’ सार्वजनिक

लोकदोहोरी गायीका आरती अधिकारीको लोकदोहोरी भाका ‘लुकी लुकी मायाले’ बोलको गित सार्वजनिक भएको छ । कृष्ण पौडेलको लय र शब्दमा रहेको उक्त गितमा आरती अधिकारी र कृष्ण पौडेलले स्वर दिएका छन् ।
पोखरा आसपासमा छांयाकंन गरिएको गितको निर्देशन पोखरेली युवा निर्देशक होम गुरुङले गरेका हुन् । गित गणेश सापकोटाले छायांकन गरेका हुन् भने अन्तिम सम्पादनको काम भने सुवास अमगाईले गरेका हुन् ।
गायीकामा अधिकारीले मालश्री स्टुडियो काठमाण्डौ र गायक पौडेलले दोहा कतारमा नै गित रेकर्ड गरेका हुन् । गितको एरेन्ज बिनोद बाजुरालीले गरे भने, गितमा लोमस शर्मा र अमृता सापकोटाको बेजोड र जिवन्त अभिनय रहेको छ ।
गित समयसान्दर्भीक, मनोरञ्जनात्मक र सवैको मनमा बस्न सक्ने खालको रहेको गायीका अधिकारीले बताईन् । गित शिव हमालको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । अधिकारीको ‘लुकी लुकी मायाले’ बोलको गित चौठौँ सृजना हो ।

प्रतिकृया दिनुहोस्