Pokharapatra National Daily

मुख्यमन्त्री कपको उपाधि महिला तर्फ म्याग्दी र पुरुष तर्फ तनहुँलाई

 

पोखरामा शनिबार सम्पन्न भएको प्रथम मुख्यमन्त्री कप भलिबल प्रतियोगिताकोे उपाधि महिला तर्फ म्याग्दी र पुरुष तर्फ तनहुँ जिल्लाले जितेको छ ।
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दीले पर्वत जिल्लालाई शनिबार भएको फाइनल खेलमा २५–१४, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्दै उपाधिको साथमा दुई लाख नगद हात पार्न सफल भयो । दोश्रो भएको पर्वतले ट्रफीको साथमा एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
पोखरा रंगशालाको भलिवल कोर्टमा शनिबार भएको पुरुष तर्फको फाइनल खेलमा तनहँुले स्याङजामाथि ३—२ को सेटमा पराजित गर्दै उपाधिको साथमा दुई लाख नगद हात पार्न सफल भयो । दोश्रो भएको स्याङजाले ट्रफीको साथमा एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा संचालन भएको प्रतियोगितामा मनाङ बाहेक गण्डकी प्रदेशका १० जिल्लाका महिला तथा पुरुष टोली सहभागि भएका थिए ।
पुरुष तर्फ पर्वत तेश्रो भयो भने नतहुँ महिला तर्फ तेश्रो भयो । महिला तर्फ सर्वोत्कृष्ट खेलाडी म्याग्दीकी अरुणा शाही घोषित भईन् । पुरुष तर्फ भने तनहूँका मिलनचन्द ठकुरी घोषित घोषित भए । यसैगरी प्रतियोगितामा महिला तर्फ उत्कृष्ट
स्पाईकर तनँहुकी उषा भण्डारी, डिफेण्डरमा कास्कीकी अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतकी हिरा केसी, सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित भए । त्यसैगरी प्रतियोगिताको पुरुष तर्फ उत्कृष्ट स्पाईकरमा तनँहुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङजाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका बिवस थापा, सेटरमा तनँहुका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भएका छन्। । उनीहरुलार्इै ट्रफीको साथमा जनही ५÷५ हजार प्रदान गरिएको थियो ।
विजेता तथा उपविजेता जिल्लाका खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, संघ कास्कीका अध्यक्ष भिम पराजुली लगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्