Pokharapatra National Daily

संचालनमा आयो ‘सेभन स्टार फुड एण्ड मार्ट

पोखरा– ८ सिमलचौरमा सात जना युवाहरुले १० करोडको लगानीमो ‘सेभेन स्टार फुड एण्ड मार्ट’ सञ्चालनमा ल्याएका छन् । सो फुड एण्ड मार्टको शनिबार गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचनले औपचारिक रुपमा उद्घाटन गरेका छन् । प्रमुख शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताए ।
उनले देशको माटोको माया गररेर जन्मभूमी प्रति कर्म गर्ने युवाहरु प्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहाने युवालाई सबैले प्रोत्साहन गरेर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । प्रमुख शेरचनले आफू कन्दमूल खाएर गाउँ घरका आँगन पिँढीमा सुतेर आएको मान्छे भएकाले प्रदेश प्रमुख हुनुमा कुनै दम्भ र घमण्ड नभएको उदाहरण दिदै युवा व्यवसायीलाई पनि कुनै घमण्ड नराखी सामजिक छविको साथ व्यवसायी पहिचान बनाउन सुझाव दिए । शेरचनले भने “कुनै पनि पद क्षणिक हुन् क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाइ नदेखाउनुस, सबैसँग मिजासिलो भएर कर्म गर्नुस र आफ्नो पहिचानलाई सदा उचो बनाउनुस् ।”
उनले युवाहरुको जोश जाँगर र सामुहिक भावनाबाट मात्र मुलुकले गति लिने उल्लेख गर्दै लगानी गर्दा वित्तिकै दोब्बर तेब्बर मुनाफाको आशा गगर्दा समस्या सृजना हुने बताउनुभयो । कुनै पनि परिस्थितीमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल हुन सकिन उनको भनाइ थियो । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिब पहारीले सात युवाको सामुहिक भावनाबाट शुरु भएको व्यवसायको सफलताको शुभकामना दिदै स्वदेशी उत्पादनमा जोड दिएर अघि बढ्न सुझाव दिए । उनले विकासको सूचक पूर्वाधार मात्र नभइ स्वदेशमा कति युवा उद्यमशीतमा छन् कतिले रोजगार पाएका छन् भन्ने कुराले पनि निर्धारण गर्ने भएकाले युवालाई स्वदेशमा लगानी गर्ने वातावरणमा सबैले साथ दिनुपर्नेमा जोड दिए । अर्का प्रदेश सभा सदस्य विन्दुुकुमार थापाले कोभिड– १९ को कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेको अवस्थामा ७ युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताए । उनले साझेदारी व्यवसायलाई दीर्घकालिनसम्म लैजान पारदर्शिता आवश्यक हुने औल्याए । आफू व्यवसायबाट राजनीति क्षेत्रमा प्रवेश गरेको अनुभव सुनाउँदै थापाले सहयोग उठाएर भन्दा व्यवसाय सञ्चालन गरेर आर्थिक गतिविधि गर्न पनि सुझाव दिए । उनले गण्डकीमा कम्पनी रजिष्ट्रारको कार्यालय नहुँदा व्यवसायीले थुप्रै झमेला भोग्नु परेको समस्या समेत राखेका थिए ।
पोखरा–३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले समृद्धिको सपना कर्मले स्थापित हुने बताउँदै युवालाई सबैले हौसला दिनुपर्ने धारणा राखे । पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनार सामुहिक भावनामा शक्ति हुने भएकाले आर्थिक समृद्धिमा युवाको सहभागिता महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उक्त फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामुहिक भावना भएका सात जना युवा साथीहरु मिलेर १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको जानकारी दिए । उनले भने “हामीले भौतिक संरचना निर्माण गर्दै गर्दा कोभिड –१९ को चपेटामा पर्यौ, तर पनि हामी विचलित नभई चुनौती भित्र अवसर खोजेर अगाडि बढ्यौ र आज सञ्चालनमा ल्याउन सफल भयौँ ।” उनका अनुसार हाल फुड एण्ड मार्टमा ३५ जनालाई रोजागार प्रदान गरिएको छ । रेष्टुरेण्टमा पारिवारिक वातावरणमा विभिन्न स्वादिष्ट खानाका परिकारहरु पाइन्छ भने एक सय २० जना ग्राहकको क्षमता रहेको छ ।
त्यसैगरी मार्टमा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकता दिइएको छ । निकट भविष्यमानै स्थानीय उत्पादनलाई प्राथमिकता दिएर तरकारी, फलफूल र मासु बिक्री केन्द्र राखिने अर्का सञ्चालक डिल्लीराम पनेरुले जानकारी दिए ।
युवाहरु राजु भुवाइँ, कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज अधिकारीले उक्त फुड एण्ड मार्टमा सामुहिक लगानी गरेका थिए ।

प्रतिकृया दिनुहोस्