आज : २०२६-०९-१६, बुधबार

सहारा क्लबको अभियानमा प्रदेश सरकारले आवश्यक सहयोग गर्छः मन्त्री गुरुङ

सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०८३ बाट रोहितराज पराजुली पुरस्कृत हुनुभएको छ ।
सहारा क्लब पोखराको २८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङ, नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रतिभा छनोट समितिका संयोजक नारायण कार्की, सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा लगायतले पत्रकार पराजुलीलाई सम्मान गर्नुभएको हो । २०६१ सालदेखि पोखरामा पत्रकारीता गर्दै आउनु भएको पराजुलीले ताम्रपत्र सहितको सम्मानको साथमा नगद ३० हजार ५२५ रुपैयाँ समेत प्राप्त गर्नु भएको हो ।
सो अवसरमा वोल्दै मन्त्री गुरुङले सहारा क्लबले विपन्न तथा कठिन परिस्थितिका बालकहरूलाई सहारा एकेडेमीमार्फत आवासीय रूपमा राखेर शिक्षा तथा फुटबल प्रशिक्षण प्रदान गर्दै आएको कार्यको प्रशंसा गर्दै क्लबको अभियानमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताका लागि आवश्यक बजेटको व्यवस्थासँगै सहारा एकेडेमीका लागि समेत सहयोग गर्ने बताउनुभयो। “कहिँ कतै छुट भएको रहेछ भने पनि सहयोग गर्छौं,” उहाँले भन्नुभयो । सहारा क्लबले बोलेरभन्दा काम गरेर देखाएको उल्लेख गर्दै मन्त्री गुरुङले क्लब सामाजिक सेवाका क्षेत्रमा प्रेरणाको स्रोत बनेको बताउनुभयो। सहारा क्लबको अभियान अन्य देशमा समेत विस्तार हुँदै जानुपर्ने उहाँको भनाइ थियो । मन्त्री गुरुङले गण्डकी प्रदेश खेलकुद परिषद्मा देखिएको ‘गण्डकी पदक’ विवादका विषयमा समेत केही दिनभित्र निर्णय हुने र आवश्यक कारबाही अघि बढाइने जानकारी दिनुभयो । आफू मन्त्री पदमा नरहे पनि सहारा क्लबको अभियानमा साथ दिइरहने उहाँले प्रतिबद्धता जनाउनुभयो । पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले सहारा क्लबले पोखराको सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाएको बताउँदै क्लबको अभियानमा सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले सहारा क्लबको अभियान प्रशंसनीय रहेको बताउँदै आफ्नो संस्थाले लामो समयदेखि क्लबलाई सहयोग गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार सहारा एकेडेमीमा आफ्ना बुबाको स्मृतिमा वार्षिक १५ लाख रुपैयाँ सहयोग गर्दै आइएको छ।
पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहारा एकेडेमीका लागि चालु आर्थिक वर्षमा वडाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताउनुभयो । क्लबले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै वडाले क्लबका हरेक गतिविधिमा साथ र सहयोग गर्ने उहाँले बताउनुभयो । उक्त अवसरमा पोखरा ९ को वडा कार्यालयले क्लवलाई रंगित पि«न्टर एक थान हस्तान्तरण गरिएको छ ।
यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कार पाउने पराजुली हाल नयाँ पत्रिका दैनिकमा आबद्ध हुनुहुन्छ । पोखरा–१ निवासी उहाँले २०६१ सालमा आदर्श समाज दैनिकबाट विद्यार्थी पत्रकारका रूपमा पत्रकारिता यात्रा सुरु गर्नुभएको थियो । पराजुलीले यसअघि युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीको उत्कृष्ट खेल पत्रकार अवार्ड तथा अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ । क्लबले प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष ३० हजार ५२५ रुपैयाँ र सम्मानपत्रसहित प्रदान गरिएको हो। क्लबले यसपालि पुरस्कारको राशि वृद्धि गरेको जनाएको छ। खेल पत्रकारिता विधामा नेपालमै पहिलोपटक २०६३ सालमा स्थापना गरिएको उक्त पुरस्कारबाट पराजुलीसहित हालसम्म २१ जना खेलकुद पत्रकार सम्मानित भएका छन् । यसै अवसरमा सहारा क्लबले सहारा उत्कृष्ट सदस्य सम्मान–२०८३ बाट सिद्धान्त थापा मगरलाई पनि सम्मान गरेको छ । क्लबका विभिन्न गतिविधिमा सक्रिय सहभागिता र योगदान पु¥याएको कदरस्वरूप उहाँलाई सम्मान गरिएको महासचिव गंगाराज पौडेलले बताउनु भयो । उक्त अवसरमा सन्जु गुरुङले आफ्नी आमा चित्रकुमारी गुरुङको स्मृतिमा ७८ हजार सहयोग गर्नु भयो । पोखरा १७ दोभिल्लामा हाल १६ जिल्लाका ३० जना बालकहरु रहेको बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनु भयो । द्धगत बर्ष सहारा एकेडेमी अक्षयकोषमा ७ लाख ६ हजार ३० रुपैया संकलन भएको क्लवले जनाएको छ । उक्त कोषमा हालसम्म ३ करोड ५० लाख जम्मा भएको क्लवले जनाएको छ ।
सहारा एकेडेमी संचालन गर्न बर्षमा करिब ५० लाख खर्च हुने क्लवका अध्यक्ष थापाले बताउनु भयो । उक्त एकेडेमीमा बार्षिक रुपमा सुर्यबहादुर केसी परिवारबाट १५ लाख, लुम्बिनी बिकास बैंकबाट २ लाख ५० हजार सहयोग प्राप्त हुने गरेको उहाँले जनाउनु भयो । त्यसै गरी लुम्बिनी बिकास बैंकका निर्देशक अर्जुज थापाबाट ५० हजार र देव गुरुङ हङकङ(आहा रारा पोखरा गोल्ड कपका लागि) ५१ हजार सहयोग गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
०%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू