आज : २०२६-०८-१९, बुधबार

एक दिवसीय योग, ध्यान, चक्रसाधना तथा कुण्डलिनी जागरण कार्यक्रम

पोखराको सिद्धपीठ विन्ध्यवासिनीको सभा कक्षमा एक दिवसीय योग, ध्यान, चक्रसाधना तथा कुण्डलिनी जागरण शिविर सम्पन्न भएको छ । साधना शिविर आयोजक समितिका संयोजक महेश पराजुलीको अध्यक्षता एवम् ब्राह्मण समाज नेपालका केन्द्रीय अध्यक्ष प्रा. डा. नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा संचालन भएको शिविरमा अन्तराष्ट्रिय ख्यातिप्राप्त मोटिभेशनल स्पिकर, लेखक तथा योग गुरु सञ्जिव मल्लिले सहभागी साधकहरुलाई मानव शरीर भित्र भएका सात चक्र एवम् कुण्डलिनी उर्जाको सैद्धान्तिक वैज्ञानिक व्याख्या गर्नुका साथै सातचक्र जगाएर कुण्डलिनी शक्तिलाई सहस्रर चक्रमा मिलन गराई मनुष्य शारीरिक, मानसिक एवम् आध्यात्मिक तापबाट मुक्त भई जीवनको परमलक्ष्य प्राप्ति गर्ने विधिहरु बारे दिनभर प्रशिक्षण गराउनु भएको थियो । उक्त कार्यहरुमा प्रमुख अतिथि डा. नारायण प्रसाद अधिकारीले कार्यक्रमको महत्व एवम् योग गुरु संजिव मल्लिकको व्यक्तित्वबारे प्रकाश पार्नु भएको थियो । शिविरमा सहभागी साधकहरु योगगुरु प्रमुख अतिथिलाई स्वागत आयोजक समितिका सल्लाहकार रामचन्द्र पौडेले गर्नु भएको थियो । साथै उहाँले योगगुरुको अभिनन्दन पत्र वाचन गर्नु भएको थियो । शिविरमा कास्की जिल्ला भित्रका विभिन्न क्षेत्रका १२० जना भन्दा वढी साधकहरुको सहभागिता रहेको थियो । सहभागी साधकहरु योग गुरु एवम् प्रमुख अतिथि लगायतका व्यक्तित्वलाई कार्यक्रमका संयोजक तथा अध्यक्ष महेश पराजुलीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन आयोजक समितिका सचिव कमला पौडेलले गर्नु भएको थियो । आत्मजागृति मिशन नेपालले यस शिविरको आयोजना गरेको थियो । आत्मा जागृति मिशनका संस्थापक अध्यक्ष योग गुरु संजिव मलिकको कुण्डलिनी जागरण, चक्रसाधना, योग ध्यानका माध्यम हजारौं साधकहरु लाभान्वित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो लाग्यो ?
खुसी बनायो
१००%
दु:ख लाग्यो
०%
उत्साहित
०%
हाँसो लाग्यो
०%
आक्रोशित बनायो
०%

सम्बन्धित थप पोस्टहरू