Pokharapatra National Daily

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ । वि.स. २०८२ लाई विदाई गरेर नयाँ वर्ष सुरु हुने गर्दछ । नयाँ वर्षको सुरुमै नयाँ कामको थालनी गर्ने, शुभकामना आदानप्रदान गर्ने काम भएका छन् । विदेशमा रहेका नेपालीहरुले समेत नयाँ वर्षको सुरुआतको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गर्दछन् । नेपालले मानेको विभिन्न सम्वत मध्ये विक्रम सम्वतले सरकारी कामकाज मान्यता पाएको छ । हुनत अन्य सम्वतलाई पनि मान्यता दिइएको छ । विक्रमसम्वतले विशेष महत्व पाउदै आएको छ ।
२०८२ साल नवयुवाको आन्दोलन, आन्दोलनकारी माथि गोली, हत्या, राष्ट्रिय सम्पदामा आगजनी, ध्वंस, आक्रमण र हमला, दुई तिहाइको सरकार अपदस्त, सामाजिक संजालमाथि प्रतिवन्द, जनताको आक्रोश, शिक्षक राजधानी केन्द्रीत आन्दोलन, संसद विघटन संविधान विपरीत सरकार गठन । दलहुका कार्यालय र नेताका निवासमा आगजनी ।दलहरुमा पुस्तान्तरण र नेतृत्व परिवर्तनका लागि हस्तक्षेप र प्रतिनिधि सभाको निर्वाचनबाट नयाँ दललाई दुई तिहाइ बहुमत।पुराना, ठुला दल दलको सान दलमा परिणत र नवयुवाको माग अनुसारको सरकार गठन।पुराना दल रनेतामाथि प्रतिशोध ,पुर्व प्रधानमन्त्री पक्राउ जस्ता असंभव मानिएका काम भएका छन। चुनावपछि बनेको सरकारबाट महंगी उपहार पाएका छन जनताले।महंगी, अभाव र असुरक्षा हुँदा पनि जनता चुप बस्न बाध्य छन। प्रकोपले गर्दा कमजोर र गरिबलाई बाँच्न गाह्रो बनाएर गएको छ । नेपाली जनताले पाएका अधिकार खोस्ने शक्ति सक्रिय भएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न लाग्नुपर्ने बेला कित्ताकाँट जस्तो अवस्था देखिनु विडम्बना हो ।
धनी र शक्तिशाली देशले साना र कमजोरलाई युद्धमा उक्साउछन भन्ने देखाएको छ । गरिब तथा कमजोर मुलुकले जनतालाई राहत दिन, महंगीको मारबाट कसरी बचाउने, स्वास्थ्य उपचार र रोग नियन्त्रणका लागि गरिएका कामले आफ्ना नागरिकलाई सन्तुष्ट राख्न सकेनन । नेपालको आर्थिक अवस्था निकै कमजोर बन्न पुग्यो । हरेक सूचकांक देशको आर्थिक अवस्था खस्किएको देखाएको छ । राजनीति कता जाने भन्ने अझै अन्योल , प्रदेश सरकार अस्थिर, हरेक क्षेत्रमा असन्तुष्टि र राज्यका सबै अंगले काम गर्न नसक्ने अवस्थाले जनतामा निराशा पलाएको छ । आर्थिक अवस्था खस्कदै जाने काम भयो हरेक काम सेटिङका आधारमा हुने गरे । राजनीतिक दलहरूबीचको सम्बन्ध सुमधुर हुन सकेन । देशका सबै अंगलाई कमजोर बनाउने विदेशी योजनाले सार्थकता पाए । राजनीति मुल्य र मान्यता विपरीतचल्ने, सहकारीलाई ठगेरखाने भाँडो बनाउने र कार्यवाही गर्दा उल्टै ठूलो स्वर निकालेर जो चोरउस्कै ठूलो स्वर गरेका छन् । देशमा बलियो राजनीतिक शक्तिलाई कमजोर बनाएर अस्थिर बनाउनखोज्ने हावी हुनखोज्नेलाई बेलैमा चिन्न नसक्दा देशकै भविष्य बारे प्रश्न उठ्ने गरेको छ । देशको पुर्वाधार विकास, आर्थिक अनुशासन कायम गर्न,राष्ट्रिय स्वाभिमानका लागि बलियो देशभक्त शक्ति कमजोर हुँदा वाह्य चलखेल बढ्दो छ ।
देश हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ भन्ने चेतको विकास गर्न दलहरूबीचको सम्बन्ध राम्रो बनाउन लाग्नुपर्छ । प्राकृतिक विपत्ति, आर्थिक, सामाजिक र साँस्कृतिक, स्वास्थ्य, शिक्षा, हरेक क्षेत्रमा पारेको असरले जनतालाई निराश बनाउने काम अघिल्लो सालले गरेको छ । सबैभन्दा जनतालाई निराश बनाउने काम दलहरूको गतिविधिले गरेको छ । राज्यकोषको दोहोन गर्ने, फरक विचार राख्ने माथि अमर्यादित र अश्लील गाउ गलौज र डिजिटल हिंसा बढ्दो छ। पभ्रामक समाचार बनाउने काम रोक्न जिम्मेवार राजनीतिक दलहरु लाग्नुपर्छ ।, हरेक क्षेत्रमा निराशा र अस्थिरता ल्याउन खोज्नेलाई चिनेर जनतालाई सही सूचना दिने, सुशासन कायमगर्न र आर्थिक अबस्थामा सुधार, स्वास्थ्य संस्थालाई बलियो बनाउने गरि संरचना निर्माण थालिनु, सडक, पुल बनाउने कामलाई तीब्रता दिनुपर्छ।जनतालाई सुशासन दिन र सरकारले देशमा केही हुन्छ भन्ने सन्देस दिन सक्नुपर्छ । नकारात्मक सोच, घृणा र प्रतिशोधको भावना छाडेर जनतामा आशाको सन्देश दिन सरकार, राजनीतिक दलले सक्ने सद्बुद्धि र शुभभावना आउन सकोस नयाँ वर्ष २०८२३ को शुभकामना !

प्रतिकृया दिनुहोस्

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...

त ल्होसारको शुभकामना

नेपालमा बसोवास गर्ने विभिन्न जातजातिले नयाँ बर्ष मनाउने आ–आफ्नै प्रचलन छ । पुस १५ गतेलाई गुरुङ जातिले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नयाँ वर्षलाई...

सडक महोत्सवः पोखराको ब्रान्ड

सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं भन्ने नारासहित थालिएको लेकसाइडको सडक महोत्सव पोखराको व्राण्ड बनेको छ । सडकमा सांगीतिक र रेष्टुराँ राखेर परिकारको स्वाद लिन...