Pokharapatra National Daily

आर्मी र गण्डकी प्रदेश तथा महिला तर्फ पुलिस र एपिएफ टाइगर कप भलिवल प्रतियोगिताको उपाधि पुरुष तर्फ गण्डकी प्रदेशलाई महिला तर्फ भने पुलिसलाई

प्रथम टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिता अन्र्तगत पुरुष तर्फ गण्डकी प्रदेश र महिला तर्फ विभागिय टोली नेपाल पुलिस क्लवले उपाधि जितेको छ ।
पोखरा रंगशालाको भलिवल कोर्टमा हजारौं दर्शकहरु माझ शनिबार भएको फाइनल खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लवलाई र पुलिसले शसस्त्र प्रहरी वलको एपिएफलाई पराजित गर्दै उपाधि जितेका हुन्।
गण्डकी प्रदेशले फाइनल खेलमा आर्मीलाई २५—२२, २१—२५, ३२—३०, २३—२५ र १५—११ को सेटमा पराजित गरेको हो । त्यसै गरी महिला तर्फ भएको फाइनल खेलमा पुलिसले एपिएफलाई २५—२२, २५—२२ र २५—२१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
प्रतियोगितामा विजेता टोली पुरुष तथा महिलालाई जनही १ लाख ५० हजार, उपविजेता महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजारको साथमा ट्रफी मेडल प्रमाण—पत्र वितरण गरिएको छ । प्रतियोगितामा पुरुष तर्फ पुलिस तेश्रो भएको छ भने एपिएफ शान्त्वना भएको हो । त्यसै गरी महिला तर्फ न्यू डायमण्ड एकेडेमी तेश्रो भएको छ भने आर्मी शान्त्वना भएको छ । तेश्रो हुनेलाई जनही ३५÷३५ हजार र शान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिएको छ । प्रतियोगितामा पुरुष तर्फ गण्डकी प्रदेशका घनश्याम चौधरी र महिला तर्फ पुलिसकी उसा भण्डारी सर्वउत्कृष्ट खेलाडी घोषित भएका छन्। उनीहरुलाई जनही नगद २० हजारको साथमा ट्रफी प्रदान गरिएको टाइगर ग्रुप पोखराका सचिव प्रकाश बरालले बताए । त्यसै गरी प्रतियोगितामा पुरुष तर्फ उत्कृष्ट ब्लकरमा आर्मीका हरी अधिकारी, उत्कृष्ट सर्भरमा आर्मीका शरणसामरी क्षेत्री, उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट, उत्कृष्ट सेटरमा गण्डकीका सुजन चोखाल, उत्कृष्ट डिफेण्डरमा गण्डकीका राजन दर्लामी मगर र उत्कृष्ट प्रशिक्षकमा गण्डकीका रमेश केसी घोषित भएका हुन् ।
त्यसै गरी प्रतियोगितामा महिला तर्फ उत्कृष्ट ब्लकरमा एपिएफका हिरा केसी, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी प्रतिभा माली, उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटरमा प्रहरीकी कमला पुन, उत्कृष्ट डिफेण्डरमा पुलिसकी शसीकला तामाङ, उत्कृष्ट प्रशिक्षकमा पुलिसकै रुपेश विष्ट घोषित भएका हुन् । उनीहरुलाई जनही जनही ५÷५ हजार पुरस्कार प्रदान गरिएको हो ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार शिलवाल, सदस्य राजेशकुमार गुरुङ, लक्ष्मी हाउसका प्रबन्ध निर्देशक शुनिल श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए । टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा प्रतियोगिता समापन भएको हो ।

प्रतिकृया दिनुहोस्