Pokharapatra National Daily

पोखरा २१ काफलबोटे क्षेत्रमा डेढ करोडको सुन्तला उत्पादन

पोखरा महानगरपालिका वडा नम्बर २१ स्थित काफलबोटे क्षेत्रमा यस बर्ष करिब डेढ करोडको सुन्तला उत्पादन भएको छ । केही बर्ष अघिसम्म मकै र कोदो खेति समेत राम्रो नहुने उक्त क्षेत्रमा हाल सुन्तला खेतीबाट स्थानियले लाखौं आम्दानी गर्न सफल भएसंगै यस बर्ष सो क्षेत्रमा करिब १ करोड ५० लाखको सुन्तला उत्पादन भएको स्थानिले बताउनु भयो ।
काफलकोट क्षेत्रमा करिब १६ घरपरिवारमा सुन्तला खेती गर्दै आएको स्थानीय इन्द्रप्रसाद सुवेदीले बताउनु भयो । सुवेदी जस्ता सुन्तला उत्पादन गर्ने किसानले वार्षिक रूपमा सुन्तलाबाट लाखौं आम्दानी गर्न सफल हुनु भएको उहाँले जनाउनु भयो । आफूहरूले उत्पादन गरेको सुन्तला रसिलो र गुलियो तथा गुणस्तरिय भएका कारण सिधै काठमाडौँसम्म अत्याधिक माग भएको सुवेदीले उल्लेख गर्नुभयो । निर्वाहमुखि मकै र कोदो उत्पादन हुँदै आइरहेको सो क्षेत्रमा स्थानीय किसानहरूले पोखरा महानगरपालिका, कृषि ज्ञान केन्द्र लगायतका विभिन्न संघसंस्थाको सहयोगमा सुन्तला खेती गर्दै आएपछि पछिल्लो क्रममा सुन्तला उत्पादन हुने गरेको स्थानीय किसानहरु बताउनु हुन्छ । पोखरा २१ कृस्ती क्षेत्रमा सम्भवत सबै भन्दा धेरै सुन्तला उत्पादन गर्ने प्रकाश पौडेल रहनु भएको छ । उहाँको बगैचामा नयाँ र पुराना गरेर हाल ७ सय भन्दा बढी बोटहरू रहेका छन् भने अधिकांश सुन्तलाको वोटबाट उत्पादन लिन थालिसकेका छन्। यस वर्ष उहाँले करिब ११ लाखको सुन्तला बिक्री गर्नुभयो । बादर सहित सुन्तलामा लाग्ने रोग (सिट्रस ग्रिनिङ) र असिनाबाट बचाउनु आफूहरूलाई निकै चुनौती रहेको उहाँले बताउनु भयो । स्थानिय लक्ष्मीपति सुवेदीको यस वर्ष १ सय २० वटा नयाँ बिरुवा सहित जम्मा २२० वटा बोटमा सुन्तला उत्पादन भएको छ । बाँकी करिब १० देखि १२ वर्ष पुराना सुन्तलाका बोटहरुबाट सुन्तला उत्पादन भइरहेको छ । त्यस्तै स्थानीय गणेश पराजुले १ सय ५० वटा सुन्तलाका बोटबाट यस वर्ष करिब ३ लाख ५० हजार मूल्य बराबरको सुन्तला उत्पादन गर्नुभयो । पोखरा महानगरपालिकाले पोखरा क्षेत्रमा उत्पादन हुने गरेको सुन्तलामा पछिल्लो क्रममा विभिन्न रोग लागेका कारण सुन्तला मासिँदै जाँदा विभिन्न प्रवर्दनात्मक कार्यक्रम अन्तर्गत पोखरा २१ कृषि क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरेको थियो । महानगरले केही वर्ष अघि करिब ४ देखि ५ वर्षसम्म लगातार सुन्तलाको बोट संरक्षण र सम्बर्धनका लागि विभिन्न अभियान अन्तर्गत १ करोडभन्दा बढी अनुदान कार्यक्रमहरू सो क्षेत्रमा सञ्चालन गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । महानगरको लगानी अनुसार हाल सो क्षेत्रमा लटरम्मै बोटमा धान्न नसकिने गरी सुन्तला फलेर पहेल पुरै भएको उहाँले जनाउनु भयो । पोखरा महानगरपालिका क्षेत्रमा उत्पादन भएको करिब १० करोड बराबरको सुन्तलाको कारोबार हुने आर्थिक महाशाखा प्रमुख कडरियाले दाबी गर्नुभयो । पोखरा क्षेत्रमा कागती सहित सुन्तला करिब ४ हजार मेट्रिकटन वार्षिक रुपमा उत्पादन हुने गरेको समेत कडरियाले दाबी गर्नु हुन्छ । पोखराको कृष्ति क्षेत्रमा आजभन्दा करिब ८० बर्ष अगाडि स्थानीय तीर्थराज सुवेदीले व्यावसायिक रूपमा सुन्तला खेती गरेको स्थानीयहरू बताउनु हुन्छ ।यसैबिच, सुन्तलाको प्रबद्र्धन गर्न पोखरा २१ को आयोजनामा यही पुष १० गते पहिलो सुन्तला महोत्सव हुने भएको पोखरा २१ का वडाध्यक्ष दिपक प्रसाद सुवेदीले
बताउनुभयो ।

प्रतिकृया दिनुहोस्