Pokharapatra National Daily

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

नेपाल र भारतबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पु¥याउने उद्देश्य सहित पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा काठमाडौंस्थित भारतीय राजदूतावास र पोखरा पर्यटन परिषद्को सहकार्यमा बिहीबार साँझ सम्पन्न उक्त कार्यक्रममा भारतको उत्तर प्रदेश र नेपालको गण्डकी प्रदेश बीच पर्यटन साझेदारी विस्तारमा विशेष जोड दिइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी कार्यक्रममा पोखरा र मुक्तिनाथ क्षेत्रलाई केन्द्रमा राखेर भारतसँग बढ्दो पर्यटन सहकार्य सकारात्मक संकेत भएको धारणा व्यक्त गर्नुभयो । उहाँले धार्मिक, प्राकृतिक तथा सांस्कृतिक पर्यटन मार्फत दुवै देश लाभान्वित हुनसक्ने दाबी गर्नुभयो । मुख्यमन्त्री पाण्डेले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा कुनै कानूनका कारण कुनै बाधा अबरोध भए त्यसलाई सहजीकरण गर्न सरकार तयार रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको वर्तमान पर्यटन अवस्था, प्राथमिक स्रोत बजार र दीर्घकालीन रणनीतिबारे प्रस्तुति गनर््ु भयो । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकमध्ये भारत सबैभन्दा ठूलो स्रोत रहेको उहाँले जनाउनु भयो । भारतीय दूतावासका नियोग उप–प्रमुख डा.राकेश पाण्डेले सीमा नाकामा कनेक्टिभिटी सुधारसँगै अन्तरदेशीय पर्यटनमा उल्लेखनीय वृद्धि देखिएको बताउनु भयो । नेपाल र भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किटहरूको संयुक्त प्रवद्र्धनमा दुवै देशबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाई थियो । यस अवसरमा उत्तर प्रदेश पर्यटन विभागका सहनिर्देशक दिनेश कुमारले प्रदेशका प्रमुख पर्यटन सर्किटहरूबारे जानकारी गराउनु भएको थियो । कार्यक्रम अन्तर्गत आयोजित बीटुबी सत्रमा भारतबाट करिब १० जना तथा नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटरहरूको सहभागिता रहेको थियो । सत्रमा स्थलमार्गमार्फत पर्यटन प्रवद्र्धन, बौद्ध सर्किट, वन्यजन्तु, साहसिक तथा आध्यात्मिक पर्यटन क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यसै कार्यक्रमको निरन्तरताका रूपमा नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा उत्तर प्रदेशका प्रतिनिधिमण्डलका लागि मंसिर २९ देखि पुस २ गतेसम्म परिचयात्मक भ्रमण (फ्याम ट्रिप) आयोजना गरिएको परिषदका महासचिव जीबनराज सापकोटाले बताउनु भयो । उक्त भ्रमणमार्फत पोखरा र आसपासका गन्तव्यको प्रत्यक्ष अनुभवले पर्यटन सहकार्य व्यवहारिक तहमा विस्तार हुने अपेक्षा गरिएको पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले बताउनुभयो ।
उक्त कार्यक्रमले पोखरा क्षेत्रको पर्यटन प्रबद्र्धनमा टेवा पुगेको पोखरा भ्रमण बर्षका संयोजक गोपी बहादुर भट्टराईले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्