Pokharapatra National Daily

आर्मी र गण्डकी प्रदेश तथा महिला तर्फ पुलिस र एपिएफ टाइगर कप भलिवल प्रतियोगिताको फाइनलमा भिड्ने

त्रिभुवन आर्मी क्लव बिरुद्ध गण्डकी प्रदेश र महिला तर्फ भने विभागिय टोली नेपाल पुलिस क्लव र अर्को विभागिय शसस्त्र प्रहरी वलको एपिएफ क्लव टाइगर कप आमन्त्रित राष्ट्रिय भलिवल प्रतियोगिताको फाइनलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् ।
महिला तर्फको खेलमा पुलिसले ६ अंक सहित फाइनलमा यात्रा बनाएको हो भने शुक्रबार भएको खेलमा न्यू डायमण्डलाई सोझो तीन सेटमा पराजित गर्दै एपिएफले पुलिसंग फाइनल यात्रा तय गरेको हो । राष्ट्रिय टिमका कप्तान अरुणा शाही सहित पोखरेलीको साथ पाएको न्यू डायमण्डले एपिएफसंग जित निकाल्न भने कठिन भयो । एफिएफले न्यूडाइमण्डलाई २५—२१, २५—२१ र २५—२३ को सोझो सेटमा पराजित गरेको छ । एपिएफ र न्यू डायमण्डको समान ५÷५ अंक भए पनि सेटको आधारमा एफिएफले फाइनलमा यात्रा बनाएको हो ।
एफिएफले शुक्रबारको खेलमा सोझो तीन सेटमा पराजित गरेको तर यस अघि विहीबारको खेलमा न्यूडायमण्डले ३—१ सेटमा पुलिसलाई पराजित गरेको थियो । महिला तर्फ आर्मीले २ अंक प्राप्त गरेको छ । त्यसै गरी पोखरा रंगशालामा शुक्रबार पुरुष तर्फको खेलमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लवले जित हासिल गर्दै फाइनलमा यात्रा बनाएका हुन्। गण्डकी प्रदेशले एपिएफलाई २५—२१, २९—२७, २५—१५ को सोझो सेटमा पराजित गर्दै ६ अंकका साथ फाइनलमा यात्रा बनाएको हो । अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लवलाई २६—२४, २५—२२ र २५—१४ को सोझो सेटमा पराजित गर्दै ६ अंक प्राप्त गरी अन्तिम दुईमा स्थान बनाएको हो । पुलिसले ४ अंक ल्याउदा एपिएफले भने २ अंक ल्याएको छ । शुक्रबार लिग चरणका खेलहरु सम्पन्न भएसंगै शुक्रबार फाइनल खेल दिउँसो ११ः०० बजे पछि हुने भएको टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले बताए ।
प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेश्रो हुनेलाई ३५÷३५ र शान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट हुने महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई जनही २० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाइकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्