Pokharapatra National Daily

सम्पूर्ण देशभक्त बामपन्थी मिलेर यो संकटबाट राष्ट्रलाई जोगाउन सकिन्छः संयोजक प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा अझै पनि संकट रहेको बताउनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीले पोखराको चिप्लेढुङ्गास्थित मानव अधिकारचोकमा आइतबार आयोजना गरेको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभामा सम्बोधन गर्दै संयोजक प्रचण्डले देशमा अझै पनि संकटको अबस्था रहेकोले यो अबस्थामा देशभक्त बामपन्थीहरु एक हुन आवश्यक भएको बताउनु भएको हो ।
देशका सम्पूर्ण देशभक्त बामपन्थी मिलेर यो संकटबाट राष्ट्रलाई बचाउन सकिने बताउदै उहाँले अहिलेको सरकारले आउदो फागुन २१ गते चुनावको मिति घोषणा गरेकोले सोही अनुरुम आफुहरु चुनावीमा जाने तयारी गरेको बताउनु भयो । उहाँले भन्नुभयो “निर्वाचन तोकिएको मितिमै हुन्छ, यसमा कुनै शंका गर्नु पर्दैन,जनताको जागरुकता कमजोर भए देश पुनः गम्भीर संकटमा पर्ने अबस्था समेत आउन सक्छ तर हामीहरुले यसको निकास दिने गरी विभिन्न १६ घटकहरु बिच एकता गर्दै अघि बढेका छौं अझै एकतामा सामेल गर्न खुल्ला गरेका छौं ।” देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा चुनौतीमा परेकाले सबै देशभक्त, वामपन्थी र कम्युनिष्ट शक्तिहरू एउटै मोर्चामा उभिन अपरिहार्य रहेको प्रचण्डको भनाई थियो । सच्चा कम्युनिष्टहरु देशभत्तः हुने उहाँको दाबी थियो । पोखरामा रिङ रोड बनाउने अभियानमा आफ्नो पार्टी र आफ्नो बिषेश पहल हुने बताउदै उहाँले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा सिधै अन्तराष्ट्रिय हवाई उडान गर्न पहल गर्ने संयोजक प्रचण्डले जनाउनु भयो । शिक्षा निःशुल्क बनाउन आफ्नो पार्टीले मुख्य भूमिका खेल्दै देशमा जेनजी युवाको माग अनुसार भ्रष्टचार रहित समाज, शुसासन र प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री तथा राष्ट्रपतिको निर्वाचनको मुद्धा उठाउदै आएको उहाँले बताउनु भयो । पार्टीका सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जेनजी युवाको माग पूरा गर्न आफुहरु तयार रहेको बताउदै देशमा कृषि क्रान्ति आवश्यक भएको बताउनु भयो । जेनजीको भावना सम्बोधन गर्नै पर्छ, तर जेनजीको नाममा कुकर्म गर्ने दोषीलाई कारबाही हुन्छ,” उहाँले बन्नुभयो । उनका अनुसार पार्टी एकताका कारण संगठनलाई विधि–नियममा उतार्न ढिलाइ भएको भए पनि निरन्तर एकीकरणले पार्टी मजबूत भइरहेको तर्क गर्नुभयो ।
नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जोगाउन वाम–कम्युनिष्ट शक्तिको ऐक्यबद्धता अपरिहार्य रहेको बताउनु भयो । “कम्युनिष्ट क्रान्तिकारीहरू एकताबद्ध नहुने हो भने देश समाप्त हुने खतरा रहेको उहाँको भनाई थियो । विगतका सरकारहरूले जनता अपेक्षित कृषि, उद्योग, रोजगारी र भ्रष्टाचार नियन्त्रणमा असफल हुँदा नै जेन–जेड आन्दोलन जन्मिएको उहाँको भनाई थियो ।
नेता भिम रावलले केपी शर्मा ओली नेतृत्वले देशलाई खरानी बनाएको बताउनुभयो । ओलीको अंकारले क्षणभरमा देशका ऐतिहासिक र महत्वपूर्ण दस्तवेज सहितको ठुलो क्षति देशले व्यवहोर्नुपरेको उहाँको दाबी थियो ।
नेता नारायणकाजी श्रेष्ठले जेन–जेड विद्रोहले उठाएका ‘राजनीतिक शुद्धिकरण, भ्रष्टाचार अन्त्य, स्थिरता’ का मुद्दा सबै पुस्ताको साझा आकांक्षा भएको उल्लेख गर्दै पार्टीले ती एजेण्डा आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । “आफू बदलौं, नेताहरू बदलौं, र पार्टी बदलौं,” उहाँले भन्नुभयो ।
नेता दीननाथ शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेतृ गायत्री गुरुङ, पोखराका मेयर धनराज आचार्य, श्रीनाथ बराल लगायतले बोल्नु भएको थियो । पोखराको मानव अधिकारचोकमा उक्त कार्यक्रम गरे पछि स्थानियले बिरोध गर्दै सटरहरु बन्द गरेका थिए ।

प्रतिकृया दिनुहोस्