Pokharapatra National Daily

सफल म्याराथन प्रतियोगिताको अन्तिम तयारी पूरा

म्याराथनमा १ सय ९८ जना र महिला तर्फको २१ किलो मिटरको हाफ म्याराथनमा २२ जना सहभागी हुने

शनिबार पोखरामा हुने १५ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिताको अन्तिम तयारी पूरा भएको छ । भूतपुर्व खेलाडी मञ्च नेपालको आयोजनामा शनिबार बिहान ७ः०० बजे सुरु हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।
म्याराथनमा यस बर्ष १ सय ९८ जना धावकहरु सहभागि हुने भएका छन् भने महिला तर्फको हाप म्याराथनमा २२ जना धावकहरु सहभागि हुने भएको अध्यक्ष गुरुङले बताए । यस बर्ष भने कोरोनाको कारणले गर्दा विदेशबाट व्यवसायीक धावकहरु उक्त प्रतियोगितामा सहभागिता जनाउने सम्भावना नभएको मञ्चले जनाएको छ । यद्यपी विदेशी कुटनितीक नियोग तथा अन्य केही विदेशीहरु भने उक्त प्रतियोगितामा सहभागि हुने भएकाछन्। कोरोनाले प्रभावित भएको खेल क्षेत्रलाई प्रबद्र्धन गर्न र सफल पोखरा म्याराथनलाई निरन्तरता दिन पनि यस बर्ष उक्त प्रतियोगितामा सके सम्मको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्ने भएको अध्यक्ष गुरुङले बताए ।
४२.१९५ किलोमिटर दौड (म्याराथन) का विजेताले २ लाख उपविजेताले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ, शान्त्तोना हुनेले २५ हजार साथमा ट्रफी मेडल, प्रमाणा—पत्र प्राप्त गर्ने भएको अध्यक्ष गुरुङले बताए । नेपाल पर्यटन वोर्डको प्रबद्र्धनमा संचालन हुने उक्त प्रतियोगिताले पोखराको खेलपर्यटनलाई समेत प्रबद्र्धन गर्ने भएको अध्यक्ष गुरुङले जनाए । उक्त प्रतियोगिता सफल पार्न करिब ३ सय सुरक्षाकर्मी एक सय ५० स्वयमसेवक परिचालन गरिने तथा करिब ३÷४ किलोमिटर दुरीमा एम्बुलेन्स सेवा तयारी अबस्थामा राखिने भएको उनले जनाए । उक्त दौड प्रतियोगिता शनिबार विहान ७ः०० बजे पोखरा रंगशालाबाट सुरु भई छोरेपाटन, लेकसाइड, भिमकालिपाटन, इन्जिनीयरिङ कलेज मध्यमपथ हुदै बगर, नारायणथान पुल हुदै सितलादेवि, मियापाटन, चाउथे, भोटेचौचारा मझेरीपाटन रामबजार हुदै रंगशालासम्मको रुट तय गरिएको छ ।
महिला धावकहरुलाई समेत प्रोत्साहन हुने गरी यस बर्ष देखि हुन लागेको २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगितामा विहिबारसम्म १९ जना प्रतियोगिहरुले सहभागिता जनाउने गरी नाम दर्ता गरेको मञ्चले जनाएको छ । महिला तर्फको हाफ म्याराथनको विजेताले १ लाख, उपबिजेताले ७५ हजार, तेश्रो हुनेले ५० हजार र शान्त्वना हुनेले भने १५ हजार नगद प्राप्त गर्ने भएको भएको मञ्चका प्रमुख कार्यकार्य अधिकृत केशव पाठकले बताए ।
उक्त प्रतियोगितामा धावकले पोखरा रंगशालाबाट दौड सुरु गरी पृथ्बीचोक, छोरेपाटन, पार्दी, लेकसाइड, न्यूरोड, गैरापाटन, पालिखेचोक, नारायणथान मन्दिरचोक, नेपाल टेलिकल हुदै गिता मन्दिर हस्पिटलचोक, बुद्धचोक रंगशालासम्मको यात्रा पुरा गर्नु पर्ने हुन्छ । प्रतियोगिता सम्पन्न गर्न करिब ५० लाख ६० हजार खर्च लाग्ने भएको मञ्चका अध्यक्ष गुरुङले जनाए । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक लक्ष्मी हाउसको उत्पादन सफल दुधले यस बर्ष ४ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको उनले जनाए ।

प्रतिकृया दिनुहोस्