Pokharapatra National Daily

शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल

खेलकुद विकासको दिगो योजना बनाउँछौँः मुख्यमन्त्री गुरुङ

विभागिय टोली नेपाल पुलिस क्लव र न्यू डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेका छन्। पोखरामा मंगलबार देखि सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिवल प्रतियोगिता आन्र्तगत पहिलो दिनको खेलमा पुलिसले दोहोरो जित हासिल गर्दा डायमण्डले महिला तर्फ जित दर्ता गरेको हो ।
पोखरा रंगशालामा मंगलबार भएको महिला तर्फको पहिलो खेलमा नेपाल पुलिस क्लवले प्रतिद्धन्दी शसस्त्र प्रहरी वलको एपिएफ क्लवलाई सोझो सेटमा पराजित गर्यो भने पुरुष तर्फ भएको अर्को खेलमा पुलिसले घरेलू टिम गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गरेको हो । महिला तर्फको पहिलो खेलमा पुलिसले एपिएफलाई २६—२४, २५—२२ र २५—१ ११ को सेटमा पराजित गरेको हो । त्यसै गरी पुरुष तर्फको अर्को खेलमा पुलिसले गण्डकी प्रदेशलाई २७—२५, २५—२१ र २५—२२ को सेटमा पराजित गरेको हो । सोझो सेटमा जित हासिल गरेको पुलिसले महिला तथा पुरुष तर्फ आफ्नोख खातामा ३÷३ अंक बटुल्न सफल भयो । सोझो सेटमा पराजित भएका दुबै टिमले भने अंक प्राप्त गर्न सकेनन्।
महिला तर्फ भएको दोश्रो खेलमा काठमाण्डौंको न्यू डायमण्ड एकेडेमीलाई शान्दार जित हासिल गरेको छ । त्रिभुवन आर्मी क्लवलाई डाइमण्डले २५—१३, २२—२५, १८—२५, २७—२५ र १५—१३ को सेटमा पराजित गरेको हो । जित हासिल गरेको डाइमण्डले २ अंक प्राप्त गरेको छ भने आर्मीले एक अंक प्राप्त गरेको छ । बुधबार पनि लिग चरणका खेलहरु हुने भएको टाइगर ग्रुपका सचिव प्रकाश बरालले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको ‘हब’ बनाउने लक्ष्यअनुसार सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको बताए । नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारले गर्नुपर्ने काम धेरै रहेको भन्दै उनले प्राकृतिक र साहसिक पर्यटनको गन्तव्य गण्डकी प्रदेशमा खेल पूर्वाधार निर्माण गरी खेलाडी उत्पादन गर्ने काममा प्रदेश सरकारले योजना बनाइरहेको उनको भनाइ छ । उनले भने, ‘पोखरा रङ्गशाला खेल पूर्वाधारले स्पोर्टस भिलेजका रुपमा अघि बढिरहेको छ । सुन्दर र साहसिक पर्यटनको केन्द्र गण्डकी प्रदेशमा खेलकुद विकासका लागि दिगो योजनासहित अघि बढ्दै छौँ ।’ प्रदेश सरकारले बजेट कार्यक्रममा उल्लेख गरेको अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्श्यीय रङ्गशाला बनाउनका लागि जमीन खोजी गरेपनि उपयुक्त जमीन नपाउँदा प्रक्रिया अघि बढ्न नसकेको मुख्यमन्त्री गुरुङले बताए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले सबैको साथ र सहयोगबाट १३औँ दक्षिण एशियाली खेलकुदका आठ खेल पोखरामा भव्यताका साथ सम्पन्न भएकाले आगामी नवौँ राष्ट्रिय खेलकुदका लागि पनि सहयोग आवश्यक रहेको बताए ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले पोखराको खेलकुद विकासमा सवै तहका सरकारको आवश्यक भएको बताए । नेपाल भलिवल संघका केन्द्रिय अध्यक्ष मनोरन्जनरमण शर्माले भलिवल खेल राष्यिट्रय खेल भए पनि सरकारले यस खेललाई उचित लगानी गर्न नसकेको
गुनासो गरे ।
ग्रुपका अध्यक्ष नारायण शर्माको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा, प्रतियोगिता संयोजक नविन कुमार गुरुङ, प्रतियोगिताका प्रचार संयोजक तथा आवास संयोजक रामकृष्ण ज्ञावाली, सचिव प्रकाश बराल लगायतले भलिवल खेलका बारेमा चर्चा गरेका थिए । कोरोनाबाट प्रभावित भएको खेलकुद क्षेत्रलाई चलायमान बनाउने उद्धेश्यले पोखरा फागुन १ गतेसम्म उक्त प्रतियोगिता संचालन हुने भएको अध्यक्ष शर्माले बताए ।
प्रतियोगितामा महिला तर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाण्डौं रहेका छन भने काठमाण्डौंको न्यु डायमन्ड एकेडेमी रहेका छन् । बिच राउण्ड रोविनका आधारमा लिग हुने भएको छ । त्यसै गरी पुरुष तर्फ भने गण्डकी प्रदेश सहित तीन विभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाण्डौं सहभागि भएका छन् ।
प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेश्रो हुनेलाई ३५÷३५ र शान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट हुने महिला तथा पुरुष तर्फका एक एक जना खेलाडीलाई जनही २० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्टस्पाइकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने र ५ लाख प्रतियोगिताबाट बचत गरी ग्रुपले सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको छ । नेपाल भलिवल संघको समन्वयमा, पश्चिमाञ्चल भलिवल संघको संयोजन, पोखरा महानगरपालिकाको बिषेश सहयोग र सफल दुधको सहयोगमा उक्त प्रतियोगिता सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्