Pokharapatra National Daily

सुशासन हरायो, भ्रष्ट्राचार दण्डहिनता मौलायोः शेखर कोईराला

नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा नेता डा. शेखर कोईरालाले देशमा पछिल्लो समय सुशासन हराउँदै जाँदा भ्रष्ट्राचार र दण्डहिनता मौलाउँदै गएको बताएका छन् । भ्रष्ट्राचार र दण्डहिनता बढ्दा नागरिकमा नैराश्यता बढेको उनले बताए ।
काँग्रेस स्याङ्जाका तत्कालिन सभापति तथा संविधानसभा सदस्य स्वर्गीय कमलप्रसाद पंगेनीको ७ औं स्मृति सभालाई स्याङ्जाको भीरकोटमा सम्बोधन गर्दै नेता डा. कोईरालाले सुशासन कायम गर्न नसक्नु ठूला दल सम्मिलित सरकारको ठूलो कमजोरी भएको बताए । ‘सकारात्मक सन्देश र विकासका गतिविधि दु्रत बनाउन ठूला दल काँग्रेस र एमाले मिलेर सरकार बनाउँदा समेत सुशासन हराउँदै गएको छ ।’ नेता डा. कोईरालाले भने, ‘भ्रष्ट्राचार र दण्डहिनता मौलाउनुले नागरिकमा नैराश्यता बढाएको छ ।’ नैराश्यतालाई कम गराउन प्रभावकारी काम गर्न नसक्नुमा सरकारकै कमजोरी भएको उनको भनाई थियो ।
काँग्रेस र एमाले मिल्नुको औचित्य पुष्टि गर्न संविधान संशोधनको प्रक्रिया तत्काल शुरु गर्न उनले माग गरे । सरकार बनेको एक वर्ष भईसक्यो, सरकार बनाउनुको औचित्य पुष्टि गर्न ढिला भएको दाबी गर्दै नेता कोईरालाले सरकारको ढिलाईले जनमानसमा व्यवस्थाप्रति आक्रोश बढाउर्दै लगेको जिकिर गरे । पार्टीको आन्तरिक विषयमा बोल्दै नेता डा. कोईरालाले देशको राजनीति, आर्थिक र सामाजिक अवस्था कता गईरहेको छ, दलको आन्तरिक छलफलको विषय बन्नुपर्नेमा त्यसो हुन नसक्दा पछिल्लो समय आफुले राजनीतिक भेटघाटलाई तिव्रता दिएको उनले बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्नेमा जोड दिएका नेता डा. कोईरालाले समयमै अधिवेशन हुन सकेमा वडा तहसम्म क्रियाशिल हुने पार्टी जीवन्त बन्ने बताए । ठूलो दलको पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक र बाह्यि विषयमा छलफल र भेटघाट बन्द गर्दा पार्टीलाई क्षति पुगेको उनले बताए । स्मृति सभामा बोल्दै नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङ्ले काँग्रेस घर भएको बताउँदै घरमा देखिएको विवाद घरमुलीले मिलाउनुपर्ने बताए । काँग्रेस घरमा विवाद भए घरमुली शेरबहादुर देउवाले घर मिलाएर लैजानु पर्नेमा उनले जोड दिए । सभामा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्रि भिष्मराज आङ्दाबेले देशमा अराजकता मौलाएको बताउँदै अराजकताले सहि विषयमा बहस हुनुको सट्टा अनेक विषयमा बहस भएकोमा उनले चिन्ता जनाए । ‘हामीले समाजलाई सहि मार्गमा हिडाउन सहि विषयमा बहस गर्नु आवश्वक छ ।’ उनले भने, तर पछिल्लो समय देशमा बेतुकका विषयमा बहस चलेको छ ।’ यस्ता बहसले समाजमा अराजकता सृजना गर्ने उनको भनाई थियो । स्वर्गीय पंगेनीको स्मृति सभामा नेपाली काँग्रेसका केन्द्रिय सदस्उ टेक बहादुर गुरुङ्, सरस्वती तिवारी, नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, उपसभापतिद्धय कल्पना तिवारी, मेखलाल श्रेष्ठ, काँग्रेस कास्कीका नेता यज्ञबहादुर थापा, काँग्रेस तनहुँका नेता रघुनाथ पौडेलले स्वर्गीय कमल पंगेनीले काँग्रेसका संगठनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । त्यस अवसरमा गण्डकी प्रदेश सांसद तथा नेपाली काँग्रेस स्याङ्जाका नेता भोजराज अर्याल, पूर्व कार्यबहाक सभापति बुद्धिबहादुर राना ‘कुमार’, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जि.टी., काँग्रेसका महासमिति सदस्य छायाँराम खनाल, भरतप्रसाद लम्साल, विष्णु पौडेल, देबी अर्याल, भीरकोट नगर सभपाति यामप्रसाद अधिकारी ‘लक्ष्मण’, स्वर्गीय पंगेनीका दाजु लिला पंगेनी र नेपाली काँग्रेस स्याङ्जा–काठमाडौं सम्पर्क समितिका सभापति देबीप्रसाद अर्यालले बोलेका थिए ।
नेपाली काँग्रेस स्याङ्जाका सभापति तथा संघीय संसद राजु थापाको अध्यक्षतामा भएको स्मृति सभामा स्वागत उपसभापति तथा कार्यबहाक सभापति केदार काफ्लेले गरेका थिए भने संचालन सचिव दामोदर लम्सालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्