Pokharapatra National Daily

मिराई ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेजको शाखा पोखरामा

अष्ट्रेलियाको ब्रीसवेन्जमा प्रधान कार्यालय रहेको मिराई ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेजको नेपालका लागि पोखरा शाखा कार्यालयको एक समारोहका बीच शुक्रबार उद्घाटन भएको छ ।
हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख अतिथि जैशीले संस्थालाई पूर्ण सफलताको शुभकामना दिँदै आगामी दिनमा यस संस्था र संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना प्रदान गर्नुभयो । त्यसैगरी वैदेशिक उच्च शिक्षालाई सहज, गुणस्तरीय, सुरक्षित र विश्वसनीयताका साथ सेवा उपलब्ध गराउने प्रमुख उद्देश्य रहेको पोखरा शाखाका शाखा प्रबन्धक शेर बहादुर क्षेत्रीले बताउनुभयो । संस्थाका केन्द्रीय कार्यालय अष्ट्रेलियाबाट आउनु भएका प्रमुख कार्यकारी अधिकृत उमेश खड्काले नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, क्यानडा, यू.के. लगायतका राष्ट्रहरुमा गुणस्तरीय तथा भरपर्दो शिक्षा रोजगारीको लागि समेत सहजीकरण उपलब्ध हुने विश्वास दिलाउनुभयो ।
त्यसैगरी कार्यक्रममा यस संस्थाका प्रमुख कार्यकारी अधिकृत समय खड्काले मिराई ग्लोबल एजुकेशन एण्ड भिसा सर्भिसेजलाई उत्कृष्ट सेवाप्रदायी शैक्षिक संस्थाका रुपमा स्थापित भएको जानकारी दिनुभयो ।
सो अवसरमा शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पोखरा ९ न्यूरोड स्थित सुरज रेस्टुरेण्टको बिल्डिङको दोस्रो तल्लामा पोखरा शाखाको कार्यालय रहेको छ ।

प्रतिकृया दिनुहोस्