Pokharapatra National Daily

बगर भाईखलकलाई ‘वालिङ फुटसल कप’ को उपाधि

स्याङ्जाको वालिङमा सम्पन्न प्रथम वालिङ फुटसल कपको उपाधि बगर भाईखलक पोखराले जितेको छ ।
वालिङ नगरपालिका ९ तल्लो वालिङमा शनिबार सम्पन्न भएको फाईनल खेलमा टिम वालिङ फुटसललाई ३–० गोल अन्तरले पराजित गर्दै भाईखलकले उपाधि जितेको हो । उपाधिसँगै बगर भाईखलकले २५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे भने उपबिजेता बनेको आयोजकले १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै प्रतियोगिताबाट तेस्रो र चौथो बनेको वालिङ स्पोर्टस् सेन्टर टिम ‘ए’ र ‘बी’ ले क्रमश ७ हजार र ५ हजार प्राप्त गर्याे । यसअघि प्रतियोगिताको फाईनल खेलमा भाईखलकलाई उपाधि जिताउनका लागि आकाश थपलिया, सुदिप पाठक र प्रशन्न श्रेष्ठले समान एक÷एक गोलको योगदान दिएका थिए । तल्लो वालिङमा दोस्रो फुटसलको रुपमा गत शुक्रबारदेखी सञ्चालनमा आएको वालिङ फुटसलले आयोजना गरेको उक्त प्रतियोगितमा कुल १६ टिमको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्