
पोखरा महानगरपालिका वडा नं १३ कुँडहर स्थित भद्रकाली माध्यमिक विद्यालयले एसईई २०८१ को परीक्षामा ४ जना विद्यार्थीले पूर्ण ४.० जीपीए ल्याउन सफल भएको विद्यालय परिवारले जनाएको छ ।
४.० जीपीए ल्याउने विद्यार्थीहरुमा क्रमश सृष्टि अधिकारी, प्रेरणा परियार, सिजन ढेवाजू र प्रिया राना मगर रेहेको विद्यालयका प्रधानाध्यापक यदुराज पगेनीले पोखरापत्रलाई वताए । एक सय जना परिक्षामा सहभागी भएका मध्ये ८६ जनाले विभिन्न जीपीए ल्याएर उर्तिणा भएका पगेनीले जानकारी दिए ।
यसपटक विद्यालयको नतिजामा धेरै भन्दा धेरै सुधार ल्याउन सफल भएको र यस नतिजाले विद्यालय परिवारमा खुशीयाली छाएको प्रधानाध्यापक पगेनीले वताए । सामुदायिक विद्यालयवाट ४.० जीपीए ल्याउनु ऐतिहासिक उपलव्धि भएकोले यो सफलताको लागि विद्यार्थी, शिक्षक, अभिभावक, वर्तमान व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालयका शुभचिन्तक र स्थानीयवासीहरुको मेहनत र साथप्रति पनि धेरै धेरै धन्यवाद दिए प्रधानाध्यापक पगेनीले । विद्यालयका सहायक प्रधानाध्यापक प्रदिप भण्डारीका अनुसार परीक्षामा सहभागी विद्यार्थीले सन्तोषजनक नतिजा प्राप्त गरेका छन् ।