
क्षेत्रफलका हिसावले देशकै ठुलो पोखरा महानगरपालिकाले आइतबार बजेट सार्वजनिक गर्दा केही तालमेल मिलाउन नसक्दा आलोचित हुनु परेको छ ।
बजेट भाषणमा राम्रो तालमेल नमिल्दा भाषणमा केही समस्या भएको थियो । कार्यक्रममा सार्वजनिक गरिएको बजेट तथा कार्यक्रम एवं रकम समेत फरक पर्न गएको छ । बजेटको आकार ८ अर्ब ३५ करोड १२ लाखको रहेको छ भने यस भित्रको पूंजिगत र चालु तर्फ खुलाइएको छैन् । बजेट घाषणका क्रममा उपमेयर गुरुङलाई कर्मचारीले दिएको अर्को बजेट भाषणको केही भाग पढ्नु भएको थियो । उक्त बजेट भाषणा सुरु भएको केही मिनेटमै एक मिनेट बजेट भाषण रोक्दै उहाँलाई कर्मचारीले अर्को पढ्न बुझाउनु भएको थियो । उपमेयर गुरुङले बजेट भाषण गर्दा पोखरा सभागृहको हल प्रायः खाली जस्तै देखिएको थियो । मेयर धनराज आचार्य विदेश भ्रमण जाने तयारी गरेका कारण बजेट हतारमा ल्याएको श्रोतको दाबी छ । यस अघि मेयर आचार्यले आउदो बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुतः गर्नु भएको थियो ।
यसैबिच, पोखरा महानगरपालिकाले आउँदो बर्ष २०८२÷०८३ को लागि चालु आर्थिक बर्षको तुलनामा ११ प्रतिशतले बढी बजेट प्रस्तुतः गरिएको छ । पोखरा महानगरपालिकाको १७ औं नगरसभामा आर्थिक बर्ष २०८२÷०८३ बजेट तथा कार्यक्रमः आइतबार प्रस्तुतः गर्दै पोखराका उपमेयर मन्जुदेवि गुरुङले ८ अर्व ३५ करोड १२ लाख रुपैयाको बजेट सार्वजनिक गरेकी हुन् । उक्त बजेट चालु आर्थिक बर्षको तुलनामा ११.१५ प्रतिशत अर्थात ८३ करोड ८० लाख रुपैया बढी रहेको छ । सो बजेटको खर्च व्यहोर्ने स्रोतहरुमा संघिय सरकार शसर्त अनुदानबाट ३ अर्व १३ करोड १२ लाख अर्थात ३७.४९ प्रतिशत, आन्तरिक आयबाट ५ अर्व २२ करोड अर्थात ६२.५ प्रतिशत ब्यहोरिने भएको छ । त्यसै गरी खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ९५ करोड अर्थात १८.१५ प्रतिशत, सामाजिक विकास तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत, आर्थिक विकास तर्फ १८ करोड अर्थात ३.४५ प्रतिशत, वडा कार्यालय तर्फ १ अर्व अर्थात १९.१६ प्रतिशत, पूर्वाधार तर्फ २ अर्व ३३ करोड अर्थात ४४.६४ प्रतिशत, शहरी विकास पर्यटन वन तथा वातावरण तर्फ ३८ करोड अर्थात ७.२८ प्रतिशत बजेट प्रस्ताव गरिएको छ ।
त्यसै गरी आन्तरिक राजश्व परिचालन तर्फ ३ अर्व २३ करोड ७२ लाख २७ हजार अर्थात ६१.८६ प्रतिशत रहेको छ । स्थानीय राजश्व बाँडफाँडबाट १ अर्व १ करोड १९ लाख १४ हजार अर्थात १९.३३ प्रतिशत, प्रदेश राजश्व बाँडफाँडबाट ४ करोड २८ लाख ७२ हजार अर्थात ०.८० प्रतिशत, संघिय राजश्व बाँडफाँडबाट ३३ करोड ८ लाख ४० हजार अर्थात ६.३२ प्रतिशत, संघिय समानिकरण अनुदानबाट ५२ करोड ८७ लाख अर्थात १०.१० प्रतिशत, प्रदेश समानिकरण अनुदानबाट ८ करोड १५ लाख ४६ हजार अर्थात १.५९ प्रतिशत व्यहोरिने बजेटमा समेटिएको छ ।
चालु आर्थिक बर्षमा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजारको बजेट विनियोजन भए पनि यही जेठ मसान्तरसम्म ४ अर्ब १६ करोड ५२ लाख ६४ हजार अर्थात ५५.४३ प्रतिशत खर्च भएको उपमेयर गुरुङले बताइन् । यस आर्थिक बर्षमा ७५ प्रतिशत खर्च हुने उनको दाबी थियो । चालु आर्थिक बर्षमा १ अर्ब ५५ करोड ५१ लख ४० हजार आन्तरिक राजश्व संकलनको लक्ष्य रहेकोमा जेठ मसान्तरसम्म महानगरले ६२.२० अर्थात ९६ करोड ७३ लाख ५४ हजार रुपैया राजश्व संकलन गर्न सफल भएको छ । त्यसै गरी हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, सम्वद्र्धन तथा फोहोरमैला व्यवस्थापन, समावेशी, सन्तुलित र समतामूलक विकास, संस्थागत विकास, सुशासन प्रवद्र्धन तथा गुणस्तरीय सेवा प्रवाह, स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवद्र्धन, गुणस्तरीय, जवाफदेही र प्रतिस्पधी मावनस्रोत विकास लगायतका बेटका प्राथमिकता रहेको छ ।