Pokharapatra National Daily

पोखरामा इलेक्ट्रिक माइक्रो बस (इभि) दुर्घटना हुदाँ ३ को मृत्यु

पोखरा ३२ लामेआहालमा बुधबार इलेक्ट्रिक माइक्रो बस (इभि) दुर्घटना हुदाँ एक वालक सहित ३ जनाको मृत्यु भएको छ ।
धार्दिङदेखि पोखरा आउदै गरेको ग १ ज ८६३० नम्बरको इभि गाडी बुधबार करिब ३ः३० बजे दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । धार्दिङ निलकण्ठ २ भुलभुलेका १५ बर्षिय बालक आगम गुरुङ, पोखरा २५ हेमजाकी ५१ बर्षीया झाङमाया गुरुङ र धार्दिङ खरीकी ४५ बर्षीया तिलकुमारी आचार्यको उक्त गाडी दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी हरि बहादुर बस्नेतले बताउनुभयो ।
चालक पोखरा १४ का ४६ बर्षीय रमेश ढुंगना समेत घाइते हुनु भएको छ । उक्त दुर्घटनामा परी १ जना गम्भिर घाइते हुनु भएको छ भने अन्य ४ जनाको उपचार भईरहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख (प्रहरी निरिक्षक) शोभा पाण्डेले बताउनुभयो । उहाँका अनुसार घाइतेको परिचय खुलेको छैन् । चालकले आफ्नो नियन्त्रण गुमाउदा पृथ्बीराजमार्गको सडकदेखि करिब ३५ मिटर तल्लो झाडी तथा बारीमा गाडी हुत्तिएको स्थानीयले बताउनुभयो । उक्त गाडी भने कुच्चीएको अबस्थामा रहेको छ । उक्त गाडीमा चालक सहित ११ जना सवार हुनु भएको थियो । ३ जनाको भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।
यसैबिच, बुधबार पोखरा २२ पुम्दी भुम्दीमा भएको बस दुर्घटनामा परी दुई जना भारतिय पर्यटक गम्भिर घाइते हुनु भएको छ । घाइते हुनेहरुमा छत्तीसगढकी ६५ बर्षीया रेखा साहु र ६१ बर्षीय कोमलराम साहु रहेको प्रहरीले जनाएको छ ।
अन्य घाइतेहरुको अबस्थामा मध्यम त केहीको सामान्य रहेको सूचना अधिकारी बस्नेतले जनाउनुभयो । उक्त बसमा २८ जना सवार हुनु भएको प्रहरीले जनाएको छ । पोखरा २२ को विश्व शान्ति स्तुपा नजिकैको सडकमा बुधबार दिउँसो ग १ ख ३८८६ नम्बरको माइक्रो बस पल्टदा २ जना गम्भिर घाइते हुनु भएको स्थानिय राजु क्षेत्रीले बताउनुभयो । भारतीय पर्यटक पुम्दीकोट बिशाल महादेवको मुर्ति अवलोकन गरी पोखराको बजार फर्किने वेलामा उक्त बस दुर्घटनामा परेको थियो । सडक साँघुरो र भिरालो भएकोले उक्त बस भिक्तामा घिसारिएर पल्टन पुग्दा अझ ठुलो मानविय क्षति हुनबाट बचेको स्थानीयले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्