Pokharapatra National Daily

पोखरामा हुने टाइगर कप भलिवल प्रतियोगिताको तयारी पुरा

पोखरामा यही माघ २७ गतेदेखि सुरु हुने भएको टाइगर कप आमन्त्रित राष्ट्रिय महिला तथा पुरुष क्लव च्याम्पियनसिप भलिवल प्रतियोगिता २०७७ को तयारी पुरा भएको छ ।
फागुन १ गतेसम्म पोखरा रंगशालाको भलिवल कोर्टमा संचालन हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । उत्त प्रतियोगितामा महिला तर्फ तीन विभागीय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाडौं रहेका छन भने काठमाडौंको न्यु डायमन्ड एकेडेमी बिच राउण्ड रोविनका आधारमा लिग खेल हुने भएको टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण शर्माले बताए । उनका अनुसार प्रतियोगितामा गण्डकी प्रदेश सहित तीन विभागिय टोली सशस्त्र प्रहरी वल (एपिएफ) क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब काठमाडौं सहभागि हुने भएका छन् । प्रतियोगितामा विजेता टोलीलाई जनही १ लाख ५० हजार, उपविजेता टोली महिला तथा पुरुषको टोलीलाई पनि जनही ७५ हजार, तेश्रो हुनेलाई ३५÷३५ र सान्त्वना हुनेलाई जनही १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगितामा सर्वोउत्कृष्ट हुने महिला तथा पुरुष तर्फका एक÷एक जना खेलाडीलाई जनही २०÷२० हजार प्रदान गरिने भएको छ । त्यसै गरी प्रतियोगितामा उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाइकरलाई जनही ५÷५ हजार पुरस्कार प्रदान गरिने भएको छ ।
कोरोनाबाट प्रभावित भएको खेलकुद क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले आफुहरुको पहलमा पहिलो पटक उक्त भलिवल प्रतियोगिता गर्न लागिएको अध्यक्ष शर्माले बताए । प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च लाग्ने र ५ लाख प्रतियोगिताबाट बचत गरी ग्रुपले खेलकुद सहित सामाजिक क्षेत्रमा सहयोग गर्ने भएको ग्रुपले जनाएको छ । प्रतियोगिता अवलोकनको लागि दर्शकहरुले लिग र सेमिफाइनलका लागि एक सय रुपैया र फाइनल खेल अवलोकन गर्दा भने २ सय रुपैयाको टिकट काट्नु पर्ने भएको अध्यक्ष शर्माले जनाए । नेपाल भलिवल संघको समन्वयमा, पश्चिमाञ्चल भलिवल संघको संयोजन,पोखरा महानगरपालिकाको बिशेष सहयोग र सफल दुधको सहयोगमा उक्त प्रतियोगिता हुने भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले बताए ।

प्रतिकृया दिनुहोस्