Pokharapatra National Daily

आर्थिक समृद्धिमा जुट्दैं युवा

खेम तिमिल्सिना
प्रमुख कार्यकारी अधिकृत
पानी पँधेरो ट्रेड प्रा.लि.
करीब डेढ दर्जन उर्जाशिल युवाहरुको पहलमा पोखरामा पानी पँधेरो ट्रेड प्रा.लि.को स्थापना भयो । २०७६ सालमा पोखराको बगरमा पहिलो शाखाका रुपमा पानी पँधेरो डिर्पाटमेन्टल स्टोर्स संचालन गरेको पानी पँधेरो ट्रेडले पोखराको नागढुङ्गा, हरिचोक, बिरौटा, काहुँखोला र तनहुँको भिमादमा शाखा विस्तार गरेको छ । व्यवसायका विभिन्न आयामहरु माथि केन्द्रित रहेर पानी पँधेरो ट्रेड प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत खेम तिमिल्सिनासँग पोखरापत्र दैनिकका दीपेन्द्र पहारीले गरेको कुराकानी ।
 कसरी जन्मियो पानी पँधेरो ?
पोखराकै व्यवसायीक युवा र वैदेशिक रोजगारबाट फर्किएका युवा व्यवसायीहरु मार्फत केही गर्ने सोच र योजनाले पानी पँधेरोको जन्म भएको हो । भोलि गएर नेपालकै एक नमुना व्यवसायीक संस्था बनाउने अभियानमा छौं ।
 पानी पँधेरो नाम नै किन रहन गयो ?
पानी हामीलाई नभई नहुने चीज हो र त्यही पानी हामीले पाखा पखेरो र कन्दराबाट पिएर हुर्के बढेका हौँ । त्यसैले आफ्नो मौलिक पहिचान बोकेको र ग्राहकलाई पनि केही फरकपन होस् भनेर यो नाम रोजेका हौं ।
 पानी पँधेरोको उद्देश्य के हो ?
ग्राहकलाई एउटै छानामुनी सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु सुलभ दर रेटमा उपलब्ध गराउने पानी पँधेरोको मुल उद्देश्य हो ।
 यस बाहेक अरु केही योजना छ ?
हामी निकट भविष्यमा नै अर्गानीक फार्मसहितको एक एग्रो प्रोजेक्ट पनि शुरु गर्ने सोचमा छौं ।
 अहिलेसम्मको व्यवसायीक सफलता कसरी प्राप्त भएको हो जस्तो लाग्छ ?
हालसम्मको सफलताको पछाडि हाम्रो टिमवर्क जो हरपल सहकार्य गर्दै अघि बढिरहेको छ, साथै ग्राहकको सन्तुष्टी नै प्रमुख रुपमा लिएको छु । नाफा कमाउनु व्यवसायको धर्म होला तर हामी नाफामुलक भन्दा पनि सेवामुलक ढंगले अघि बढिरहेकाछौं ।
 पानी पँधेरोमा विशेष गरि कस्ता खालका उत्पादनहरु पाईन्छ ?
हामी अन्य डिपार्टमेन्टल स्टोरमा पाइने सामानका अलावा स्थानिय रुपमा उत्पादित कृषिजन्य सामानहरुलाई पनि सिधै ग्राहक सम्म ल्याउछौं । जसले गर्दा स्थानीय उत्पादकलाई समेत हौसला पुग्न जान्छ ।
 ग्राहकलाई सेवा दिने सन्दर्भमा यहाँहरुको मुल मन्त्र के हो ?
‘अतिथी देवो भव’ को मुल मन्त्रलाई अंगिकार गर्दै हामीले ग्राहकको सेवा नै हाम्रो मुख्य लक्ष्य बनाउदै अघि अघि बढिरहेका छांै ।
 पानी पन्धेरोमा कति जनाले रोजगारी प्राप्त गरिरहेका छन् ?
सबै शाखामा गरेर करीब सय जना कर्मचारी पानी पँधेरो मार्फत रोजगारी गरिरहेछन् ।
 व्यवसायमा सफलता प्राप्त गर्न के के कुरा चाहिन्छ ?
कुनै पनि व्यवसायमा निरन्तर परिश्रम र इमान्दार सेवा नै सफल हुने तत्व हुन् । अनि त्यसमा स्पष्ट गन्तव्य भयो भने व्यवसायमा सफलता प्राप्त गर्न सकिन्छ ।
 पोखरामा व्यवसाय मार्फत आर्थिक समृद्धिको सम्भावना कत्तिको देख्नुहुन्छ ?
हामीले स्थानीय उत्पादनलाई सक्दो बजारीकरण गर्नुपर्छ । यसो गर्दा आर्थिक समृद्धिको आधार अझ बलियो हुन जान्छ ।
 अहिले व्यवसायीलाई परेका समस्या के के छन् ?
कोरोनाका कारण अहिले व्यवसायी समस्यामा परेका छन् । तर विस्तारै पुरानै लयमा फर्कने कुरामा आशावादी छौं ।
 पोखराबाट शुरु भएको यो यात्रा कहाँसम्म लैजादै हुनुहुन्छ ?
हामी समयसँगै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पानी पँधेरोेलाई विस्तार गर्दै लैजाने योजनामा छौं ।

प्रतिकृया दिनुहोस्