Pokharapatra National Daily

कांग्रेसले भ्रमलाई जनता सामु लैजान सक्नु पर्छ

युव राज खनाल, तनहुँ
हाल नेपालमा विभिन्न राजनीतिक दलहरु उम्रेका छन । मुलुकमा विद्यमान कयौं क्रियाशील राजनीतिक दलहरु मध्ये नेपाली कांग्रेस सबैभन्दा जेठो राजनीतिक दल हो । पटक – पटकको लोकतान्त्रिक आन्दोलन, संघर्ष र कयौं युगान्तरित क्रान्तिका अभियानमा एक मुख्य पात्र पनि नेपाली काङ्ग्रेस भएको कुरा नकार्न सकिदैन ।
जब जब मुलुक अत्यन्तै गम्भीर मोडमा मोडिन्थयो, मोडिएको व्यवस्थाले जन्माइदिएका तानाशाह अनि तिनका बेथिति, बेइमानी, भष्टाचार गुणस्तर हिनताले देशलाई आक्रान्त पार्दै, नेपाली जनताका हक अधिकार हुदै प्रजातन्त्रको धज्जी उडाउने कार्य हुन्थ्यो । सीमित स्वार्थका नाउँमा वा त राष्ट्रियताका नाउमा अन्तराष्ट्रिय शक्तिमाझ लम्पसार हुदै मुलुक अनि मुलुकवासीको अस्तित्व समाप्त हुने अवस्थाबाट मुलुक, मुलुकवासीलाई बचाउदै राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्याय सहित देशको आर्थिक अवस्थालाई सुद्धढ तुल्याउनका लागि मुलुकलाई सुसासनको बाटोमा अग्रसर गराउने एकमात्र गर्बिलो राजनीतिक दल नेपाली कांग्रेस हो जुन नेपाली इतिहासमा सबैका सामु छर्लङ्ग नै छ ।
बिगतदेखि बर्तमानसम्म, नेपाली इतिहास केलाउदा २००७ सालमा राणाहरुको जाहनिया शासनका बिचबाट प्रजातन्त्रको झण्डा फर्फराउन, प्रजातन्त्र प्राप्तिको लागी गरिएको त्यो क्रान्ति होस, यात राजाबाट खोसिएका प्रजातन्त्रलाई पूनः थापनाका लागि त्यो इतिहासकै पहिलो जनआन्दोलन हुदै १२ बुदेँ सहमतिबाट मुलुकलाई निकास दिलाउन र दास्रो जनआन्दोलनको बलमा मुलुकमा गणतन्त्रको स्थापनाका लागि काङगेस अनि काङगेसका कयौँ यौद्धाहरुका गथा वास्तवमा नै नेपाली राजनीतिको इतिहासमा सुनौला अक्षरले लिपिवद्ध भएका सत्यवाट हामी भाग्न कदापी सक्दैनौ । स्पष्ट विचारको कुरा गर्दा नेपाली काङग्रेसको साच्चै नै नेपाल र नेपालीको सम्पुर्ण हित पहिल्याएर देशभित्रका हरेक क्षेत्र र विदेशी नीतिमा समेत स्पष्ट र राष्ट्रयोगी विचार दिन सक्ने राजनीति पार्टिका रुपमा आफूलाई स्थापीत गरेको थियो । नेपाली कांग्रेसजसका सस्थापक नेताहरुले बाचुञ्जेल दिनुभएका मार्गदर्शन र दिशाबोधलाई यदि साचिकै गम्भीरतापुर्वक अध्ययन गर्ने हो भने मुलुकको राजनीतिक सामाजिक, आर्थिक हरेक क्षेत्रको अपेक्षित उन्नती र सामाजिक न्यायको आगि प्रयापत थियो । कारण आजका दिनसम्म पनि नेपाली कांग्रेस जिवित हुनुको पछाडि यही मार्गदर्शन र दिशाबोधनै प्रथम रहेको पाउछौँ ।
संस्थापक नेता विचार अनि महान चिन्तनका महान व्यक्ति बि.पी कोइराला, साहस अनि निस्वार्थका प्रतिक नेपाल राजनीतिक इतिहासमा लोह पुरुषका नाउबाट सपरिचित गणेशमान सिहं, त्याग, कुशल बुद्धिका प्रनेता कुष्ण प्रसाद भट्टराई, संगठनमा ज्यामी माहुरी जस्तै काम गर्ने सुवर्ण शभ्शेर गिरिजाप्रसाद कोइराला एंब संविधान पिता सुशील कोइराला र यसका कयौँ बीर साहसी लाखौ लाख ज्ञात अज्ञात सहिद र कार्यकर्ताहरुको त्यो इतिहासमा गरिएको अथक प्रयास हो आजको दिनसम्म पार्टिको ठाडो शिर हुनुमा प्रमुख मान सक्छौँ । तत्कालिन समयमा कांग्रेस जनताको साहस थियो भने मुलुकको चौतर्फी विकासको सारर्थी थियो । सायद लाखौलाख कार्यकर्ताको अनि ति तमाम सर्मथकहरुका अन्तरमनको आवाज सुन्ने तत्कालिन कांग्रेस थियो होला र तत्कालिन समय कांग्रेसको हितमा थियो ।
पटक–पटक मुलुकको नेतृत्व गरेको कांग्रेसले कयौ जनआन्दोलन बमोजिमका कयौ कार्य गरेको पनि हामी सबैमा सर्वविधितै छ । जनपेक्षा बमोजिम गरिएका कयौ कार्यका प्रतिफल कांग्रेस पटक–पटक बहुमत हुदै जनताबाट संसदमा दुई तिहाइ मत प्राप्त गर्न सफल भएको थियो ।
तर यस्तो जनअपेक्क्षा बमोजिम कार्य गर्ने कांग्रेस २०६३ सालको इतिहासिक परिवर्तनपछि सायद आफ्नो आदर्श, दर्शन, सिद्धान्त, मुल्य मान्यता र प्रस्ताव विन्दबाट धेरै टाढा पुगेको देखिन्छ । जसको प्रतिफल बर्तमान अवस्थामा कांग्रेस आफैमा एक अस्तव्यस्थ कांग्रेसका रुपमा देखिन्छ । तत्कालिन ३० वर्ष पञ्चायती कालरात्रीमा पनिकांग्रेसअहिले जति कमजोर कहिल्यै भइको थिएन ।
पार्टिको गौरवशाली इतिहास भएता पनि पटक पटकको अबस्था वा बिभिन्न आयाममा बर्तमान नेतृत्व नराम्री चुकेको पाइन्छ । बास्तवमा नै भन्ने हो भने राजनीति भनेको समाजसेवा हो । एक इमान्दार समाजसेवी भएर मुलुक अनी समाजका तमाम बेथितिहरुलाई समाप्त गरी बिधि, नियम, कानुन अनि न्यायलाई जनताको पहुचमा दिलाउन अह्म भूमिका एक राजनीतिले रामनीति मार्फत गर्ने हो । अझ लोकतान्त्रिक दल अनि लोकतान्त्रिक दलका नेताहरुमा त विधि नियम कानुन अनि न्याय तिनका प्राण हुनु पर्दछ । आफूलाई लोकतान्त्रिक दलका नेता भन्ने अनि विधि नियम अनि कानुन र न्यायलाई लट्याउदै जादा अन्तत नेताको हुदै त्यो लोकतान्त्रिक दलको अस्तित्व समाप्त हुनेमा कुनै दुईमत रहदैन । चाहे इतिहास बोकेको गौरवशाली पार्टि नै किन नहोस जुन बास्तवमा नै वर्तमान कांग्रेस संग दुरुस्त मीलदो जुल्दो देखिन्छ । पटक–पटकको आन्दोलनको मुलमर्म र लक्ष्यलाई आन्दोलनपछि पार्टीले आन्दोलनका ति तमाम आर्दश सिद्धान्त र नीति बिर्सेर गलतमाथि गलत निर्णय गर्दै सभापतिको कांग्रेसमा मनामानी चल्नाले आज वर्तमान कांग्रेसकेै अस्तित्वलाई निहाल्न सक्छौं ।
निरङकुश शासनको दमनचक्रमा अनन्त कालदेखि पिल्सिइ आत्म स्वाभिमान र ब्यक्तित्वले हीन भएका नेपाली पुस्तालाई त्यो दमनचक्रबाट उत्मुक्ति दिलाउने कांग्रेस, त्यो अत्याचारी शासकवर्गको दासत्वको सिक्री चुडाली प्रजातन्त्रको मार्फत समाजिक न्यायका लागि लड्ने कांग्रेस तिनका तमाम कार्यकर्ताहरु आज आफैले पार्टिका सभापतिको निरङ्कुशताको सिकार भएका छन् । तमाम तिनका सघर्षमय योगदानको आफनै पार्टिका नेतृत्वबाट अमुल्यन भएका पाउछन् । हिजो निरङ्कुश शासकको शासनको गन्ध आज ति तमाम कार्याकताहरुले आफ्ना पार्टी भित्र विशेष गरि आफ्नै सभापतिबाट पाउन थालिरहेका छन् । हिजोका तमाम कार्यकर्ता अनि तत्कालिन समयका निष्ठा त्यागि अनि इमान्दारीताले नै नेपाली कांग्रेस अनि लोकतन्त्र एक अर्काका परिपुरक हुन भन्ने कुरालाई सिद्ध गरिदिएको थियो । त्यो वर्तमान सभापतिले बुझन पटक्कै नसक्नु नै वर्तमान कांग्रेसको अवस्थालाई लिन सक्छौ । अझ नेतृत्वमा बसेका सभापतिबाट तमाम कार्याकर्तालाई साझा सम्मानका रुपमा लिइएर तमाम पार्टिभित्रका त्यस्ता विकृति र बिसंगतीलाई सदाका लागि अन्त्य गर्दै पार्टिलाइ अग्रसरतामा लानु पर्ने थियो त्यो हुन सक्यो या सकेन पार्टी सभापतिले सोच्नु पर्ने हो ।
आजका समय परिवर्तित अनुसार आफूलाई अनुकरण गर्न नसक्नाले कांग्रेसको त्यो सावा पनि डुब्ने खतरामा रहेको मात्र हो अनि कांग्रेसको बिकल्पमा कदापि कम्युनिष्टलाई जनताले बिश्वास गराएका चाहि पटक्कै होइन । कांग्रेसको कमजोर प्रस्तुती कांग्रेसको अन्तरिक कलह अनि कांग्रेसले कम्युनिष्ठको भ्रमलाई नेपाली जनताका सामु चिर्न नसक्नाले त्यो भ्रमको वाढीका रुपमा कम्युनिष्ट आफूलाई केहीप्रतिशतका रुपमा झङगाउन पाएका हुन । कांग्रेसको स्थापनाकाल देखि नै आफैसंग हुर्किदै आएको कम्युनिष्ठलाई उसले कहिल्यै पनि आफ्रनो प्रतिस्प्रधिका रुपमा लिएन भने हरेक अवस्थामा कांग्रेसले सामान्य ढंगमा लिनाको प्रतिफल हो वर्तमान कांग्रेस । यो सत्य हो मुलुकलाई र नेपाली जनतालाई पटक पटक पिल्सिएको त्यो कालोखण्डबाट मुक्त गराउने कार्य नेपाली कांग्रेसबाट भएको हो । राजनीतिक गन्तव्य बिहिन भएको मुलुकलाई पटक पटक राजनीतिक रोडम्यापमा ल्यान्ड गराउने कार्य नेपाली कांग्रेसबाट नै भएको हो।
मुलुक र नेपाली जनताले कांग्रेसको भविष्य बारे चिन्ता ब्यक्त गरिराखेको बखत यसका सारर्थीहरुलाई मात्र पदियलोभको मातले सताउने गरिएको धुव्रसत्य हो । पदिय सपना अनि कयौँ राजनीतिक किचोलो बाट मुलुकलाई बाहिर ल्याउने साहस मात्र नेपाली कांग्रेसमा रहेको सत्यबाट पनि टाढा भाग्न कडापि सक्दैनौ । कांग्रेस भ्रममा जिउन कडापि जान्दैन, सत्यतत्यमा आधारित वहस केन्द्रित रहने भएकाले केहि समयका लागि कांग्रेसको बहस तितो भएको हो कारण सत्य वास्तवमा नै तितो हुन्छ ।
पछिल्लो समय दुई तिहाइ बहुमतको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरि देशलाई अस्थिरता तिर संविधानलाई पैताला मुनि राखेर अगाडी बददै गर्दा प्रधानमन्त्री बर्बरता पुर्ण विपक्षीलाई गाली गजौल गरि दिन चर्या बिताइरहेका छ्न । देशमा अस्थिरता भित्री सकेको छ यो अबस्थामा काङ्ग्रेसको दाहित्व के हुने सोच्नु पर्ने बेला समेत आएको छ ।
शुक्ला गण्डकी –१ तनहुँ

प्रतिकृया दिनुहोस्