
हरिनास गाउँपालिका स्याङ्जको मातृभूमि माध्यमिक विद्यालयको ६३ औं बार्षिकोत्सव एवम् अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
विद्यालयका वि.व्य.स. अध्यक्ष लिल बहादुर थापाको अध्यक्षतामा र हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरको प्रमुख अतिथि, हरिनास गाउँपालिकाका वडा नं. ४, का वडा अध्यक्ष सन्त बहादुर थापाको विशिष्ट अतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रम सञ्चालन शिक्षक हेम बहादुर राना र शिक्षिका दुरपति थापाले गरेका थिए भने स्वागत मन्तव्य शिक्षक ध्रुव प्रसाद रेग्मीले गरेका थिए ।
विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्र.अ. सुशील चन्द्र न्यौपानेले प्रस्तुत गर्दै शैक्षिक सत्र २०८० मा एस.ई.ई तर्पm ३.४० जिपिए प्राप्त गर्ने विद्यार्थी दिपशिखा थापा र कक्षा १२ को बोर्ड परीक्षामा ३.६५ जिपिए प्राप्त गर्ने दिपिका राना हरिनासमा प्रथम भएको जानकारी गर्दै हामी संख्यात्मक रुपमा भन्दा पनि विद्यार्थीको गुणस्तरमा जोड दिने कुरा अभिब्यक्त गरे । विद्यालयले फरक खालको अभ्यास गर्दै कार्यक्रममा चित्रकला र स्थानीय सामाग्रीको प्रर्दशन गरेको कुरा शुभकामना मन्तव्य राख्दै अतिथिहरुले प्रशंसा गरे । साथै कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक एवम् मनोरन्जनात्मक क्रियाकलाप प्रस्तुत गरेका थिए ।
सो अवसरमा शिक्षक विनोद शाही र शिक्षक रिम बहादुर राना उत्कृष्ट वर्ष शिक्षकको रुपमा सम्मानित भए भने एस.ई.ईं परीक्षामा र कक्षा १२ को बोर्ड परीक्षामा सतप्रतिशत विद्यार्थी पास गराउन सफल छ जना शिक्षकहरु, अक्षयकोष दाताहरु, भु.पु. प्र.अ. लगायत व्यक्तिहरुलाई सम्मान गरिएको लेखापाल मुक्त बहादुर रानाले बताए ।