![](https://pokharapatra.com.np/wp-content/uploads/2025/02/padam-kumari-358x300.jpg)
स्याङ्जा जिल्ला पुतली बजार वडा नं. ३ निवासी महेन्द्रमान श्रेष्ठ ‘व्यथित’को आमा पदम कुमारी श्रेष्ठको माघ १८ गते शुक्रबार ८६ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठ वि.स. १९९५ साल फागनु १ गते स्याङ्जा पुतलीबजारमा जन्मनु भएको थियो । स्याङ्जाका कम्युनिष्ट राजनीतिमा सक्रिय रहनेहरु आमासँग चिरपरिचित छन् । आमाले आफ्ना छोराहरुलाई माया गरे सरह अन्य कार्यकर्ताहरु र व्यक्तिहरुलाई प्रेम, सदभाव र स्नेह प्रदान गर्नुहुन्थ्यो । उहाँको तीन छोरा निर्मल कुमार श्रेष्ठ, महेन्द्रमान श्रेष्ठ ‘व्यथित’ र राजेन्द्र कुमार श्रेष्ठ रहनु भएको छ ।
महेन्द्रमान श्रेष्ठ विभिन्न स्कुलहरुमा प्रधानाध्यापक रहनुका साथै राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । महाकाली अञ्चलको अञ्चल प्रशासक समेत रहनु भएको थियो । हाल
महेन्द्रमान पृथ्वीनारायण क्याम्पसमा कानुन विषयको प्राध्यापक हुनुहुन्छ । उहाँको पोखरामा जय जनता कानुनी सेवा ल फर्म रहेको छ ।