Pokharapatra National Daily

ज्ञान गंगा स्कुलको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

पोखरा–१४ मा अवस्थित ज्ञान गंगा बोडिङ स्कुलको २० औं वार्षिकोत्सव तथा अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भएको छ ।
वडा नं १४ का वडा अध्यक्ष वोधबहादुर कार्कीले उद्घाटन गर्नु भएको कार्यक्रममा उहाँले शिक्षा नै हरेक किसिमका उन्नतिको मुहान भएकोले शिक्षावाटै व्यक्ति, समाज र राष्ट्रको विकास हुने बताउनुभयो । विद्यालयले यस क्षेत्रको शैक्षिक जागरणमा विशिष्ट भूमिका खेलेको बताउनुभयो । एउटा असल व्यक्ति, असल परिवार, असल समाज र विकसित राष्ट्र बनाउनलाई अनिवार्य शिक्षा आवश्यक रहेको कार्कीले जोड दिनुभयो ।
गण्डकी बोर्डिङ स्कुलका निवर्तमान प्रधानाध्यापक एवम् शिक्षाविद् रवि वरालले विद्यार्थी, शिक्षक र अभिभावक सकारात्मक भइ अगाडि बढ्नु पर्ने धारणा राख्नुभयो । शिक्षाले समाजमा मानवको इज्जत र मान प्रतिष्ठा बढाउने भएकोले विद्यार्थीलाई पढाई लेखाईमा प्रगति गर्नका लागि अभिभावकको मुख्य भूमिका हुने बताउनुभयो ।
हिसान कास्कीका पूर्व अध्यक्ष एवम् ग्लोबल कलिजियटका प्रिन्सिपल बाबुराम पन्तले विद्यालयले छोटो समयमा शैक्षिक लगायतका विविध क्रियाकलापमा प्रगति गरेको बताउनुभयो । उहाँले बालबालिकाको आजको सिकाई भनेको सिपमुलक शिक्षा हो त्यसकारण अभिभावकले भौतिक बस्तुमा लगानी गर्नु भन्दा सिपमुलक शिक्षामा लगानी गरेमा उसले जस्तो सुकै आवस्थमा पनि जिवन निर्वाह गर्न सक्ने कुरा बताउनुभयो ।
ज्ञान गंगा विद्यालयका प्रिन्सिपल शिला थापाले विद्यालयमा किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान पनि दिइंदै आइरहेको बताउनुभयो । उहाँले बालबालिकालाई व्यवहारिक शिक्षा दिनका लागि विद्यालयमा सिकाईका विभिन्न प्रक्रिय अपनाइदै आएको बताउनुभयो । उहाँले अवको भावी योजना गुणस्तरीय शिक्षा प्रदान गर्नेमा नै जोड दिइएको बताउनुभयो ।
उक्त कार्यक्रममा समाजसेवी अर्जुन थापा, प्याब्सन कास्कीका पूर्व अध्यक्ष मथुरा पौडेल, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद शर्मा, एनफोर्स कास्कीका अध्यक्ष प्रेम बहादुर कुँवर, समाजसेवी ध्रुव थापा, एलए बोडिङका प्रिन्सिपल सालिकराम अधिकारी, बालप्रभात बोडिङ स्कुलका प्रिन्सिपल डिल्लीराम अर्याल, लेकसिटी कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देल, डा. सन्तोष बानिया लगायत विभिन्न आमा समुहका अध्यक्ष तथा टोल सुधार समितिका अध्यक्षहरु एवम् समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण भण्डारी, विद्यालयका संचालक सुमन बहादुर थापा, रवी पन्त, नन्दकुमारी ढकालको उपस्थिती रहेको थियो ।
विद्यालयको संचालक समितिका अध्यक्ष शान्त बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तब्य विद्यालयका कोर्डिनेटर शिव गौतम र विद्यार्थी शिसिर थापाले गरेका थिए ।

विद्यार्थीहरुको तर्फबाट सुबदना भण्डारी, अविसा नेपाली, करुणा थापा, दिप्सना विष्ट, दिलिशा क्षेत्री, अनमोल रानाभाट, प्रिन्सिेस मजाकोटी लगायतले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रमको संचालन शिक्षक शिव गौतम, विष्णु पौडेल शिक्षिका उमा ढुंगाना र निकिता रानाभाटले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक वर्ष ०७९/०८०/०८१ को विभिन्न शैक्षिक विधाका क्रियाकलापमा पुरस्कृत हुनेलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यालयमा लामो समयसम्म सेवा गर्ने शिक्षकशिक्षिका तथा कर्मचारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत, संगीत, नृत्य नाटक प्रस्तुति गरेका थिए ।

प्रतिकृया दिनुहोस्

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारितः मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताउनुभएको छ । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन...