निवृत्त प्राध्यापक समाज, पोखराले सेवानिवृत्त प्राध्यापकको संक्षिप्त परिचयात्मक जीवनी तथा अनुभव समेटिएको पुस्तक ‘निवृत्त प्राध्यापक मञ्च, सङ्क्षिप्त जीवनी–एक’ प्रकाशन गरेको छ ।
समाजले २०८१ साउन महिनासम्म नेपालका विभिन्न विश्वविद्यालयहरूबाट निवृत्त भएर पोखरा र आसपासका क्षेत्रमा बसोबास गरिरहेका १०८ जना प्राध्यापकको सङ्क्षिप्त परिचयात्मक जीवनी तथा अनुभवलाई पुस्तकमा समेटेको हो । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरूङ, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोन, समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले सोमबार संयुक्त रूपमा पुस्तक लोकार्पण गर्नुुभयो । कुलपति गुरूङले लामो समय विश्वविद्यालयको सेवामा रही निवृत्त रहेका प्राध्यापकको जीवनी तथा अनुुभव समेटिएको पुस्तक शिक्षाप्रद बन्ने विश्वास व्यक्त गर्नुुभयो । उच्च शैक्षिक क्षेत्र चिन्ताजनक भएको उल्लेख गर्दै उहाँले यसलाई सुधार गर्दै लगिने बताउनुुभयो । विविधतायुक्त मुलुकलाई अझै राम्रो बनाउन सकिने बताउँदै उहाँले शैक्षिक गुणस्तरीयतामा जोड दिनुुपर्ने आवश्यकता औँल्याउनुुभयो । पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले पुस्तक प्रकाशनमार्फत समाजले गरेको रचनात्मक कामको प्रशंसा गर्नुुभयो । पुस्तकको समीक्षा गर्दै विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य प्राडा जगन्नाथ रेग्मीले पुस्तकमा प्राध्यापकका जीवनका भोगाइ र अनुुभव बहुरङ्गी बगैँचाका फूल जस्तै गरी प्रस्तुत भएको टिप्पणी गर्नुुभयो । समाजका अध्यक्ष कृष्णप्रसाद पौडेलले निवृत्त प्राध्यापकको परिचय र अनुुभव समेटिएको पुस्तक प्रकाशनबाट विश्वविद्यालयमा प्राध्यापन गर्ने आउँदो पुस्ताका लागि पनि महत्त्वपूर्ण शिक्षा मिल्ने विश्वास व्यक्त गर्नुुभयो । कार्यक्रममा समाजका उपाध्यक्ष प्रा पद्यशरण रेग्मी, सचिव एवं प्रधान सम्पादक प्राडा ज्ञानबहादुर कार्की, सहसम्पादक प्राडा कृष्णप्रसाद पौडेल, पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा सरोज कोइराला, प्राडा यादव शर्मा गौडेल, प्राज्ञ रमेश श्रेष्ठ लगायतले प्रकाशित पुस्तक एवं अन्य विविध पक्षमा आ–आफ्ना धारणा राख्नुुभयो ।
पुस्तकमा समेटियो १०८ जना निवृत्त प्राध्यापकको जीवनी
प्रतिकृया दिनुहोस्