राष्ट्रिय शिक्षक शीप बिकास फाउन्डेसन (एन्फोर्स्ड्ट) कास्कीले कर्मफ्लाइट्स र थिओले फाउन्डेसनसँगको सहकार्यमा ‘समावेशी प्रारम्भिक शिक्षामा अभिभावकको संलग्नता’ भन्ने विषयमा केन्द्रित रहेर पोखरामा २ बर्षे शिक्षक प्रशिक्षण शृखलाको तेस्रो मोड्युल सुरु गरेको छ ।
पोखरा–११ फूलबारीस्थित भास्कर मेमोरियल स्कुलमा कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने कार्यक्रमले शिक्षकहरुलाई अभिभावकहरुसँग बलियो सम्बन्ध विकास गर्ने रणनीतिका साथ प्रशिक्षित गर्ने र विद्यार्थीको विकासका लागि सहयोगी वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिवशक्ति क्याम्पसका विद्यार्थीसहित आठ साझेदार विद्यालयका २५ जना शिक्षकको सहभागिता रहेको उक्त तालीमको प्रमुख अतिथि पोखरा–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले उद्घाटन गरेका थिए । कर्माचार्यले राष्ट्र निर्माणका लागि प्राथमिक शिक्षाको महत्वमा जोड दिँदै यस अवसरको फाइदा उठाउँदै अभिभावकको संलग्नताप्रतिको आफ्नो बुझाइलाई अझ प्रगाढ बनाउन आग्रह गरे । शिक्षाले राष्ट्र निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्ने र यस पटकको शिक्षक तालिमले प्राथमिक तहको शिक्षामा कसरी हिस्सेदार बनाउने भनेर अभिभाबक सहित छलफल गरिने कार्यक्रम आफुलाई मन परेको र शिक्षण सिकाइमा अन्तराष्ट्रिय जगतमा भएका असल अभ्यासहरु तालिम मार्फत कक्षामा विद्यार्थी सामु पु¥याउन शुभकामना ब्यक्त गरे । बिशिष्ठ अतिथि एनप्यावसन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले फाउन्डेशनले आयोजना गरेको तालिम कार्यक्रमको विषयवस्तु अत्यन्तै समसामयकि भएको र प्राकृतिक रुपमा सुन्दर पोखरालाई अझै शैक्षिक राजधानीको रुपमा विकास गर्न यस्ता तालिमले टेवा वा पुरयाउने कुरा सुनाए शिवशक्ति क्याम्पसका व्यावस्थापन समिति अध्यक्ष टुबराज बास्तोलाले तालिमको दायरा बढाएर गण्डकी प्रदेशभरि पु¥याउन पर्ने किनकि एन्फोर्स्ड्टको शिक्षक तालिम ‘चिसौ भनेकै कोक’ भन्ने उखानसंग चरितार्थ हुने बताउँदै शिवशक्ति क्याप्पसका विद्यार्थी र शिक्षक समेतलाई समावेश गरि गरिने तालिमले क्याम्पसमा भर्ना अभियानमा सहयोग पुगेको वताए ।
नेदरल्याण्ड्सको केपीजेड युनिभर्सिटीका प्रमुख सहजकर्ता प्राध्यापक क्रिस्टिनाले प्रशिक्षणमा सामेल भएका शिक्षकहरूको शिक्षण, बच्चाहरू र सिक्ने इच्छामा उनीहरुको लगाब को खुलेर प्रशंसा गर्दै शिक्षक, अभिभावक र विद्यार्थीहरूबीच खुला र भरपर्दो सम्बन्ध निर्माणको निकै महत्व रहेको जुन जटिल र चुनौतीपूर्ण भएपनि यो खुला हृदयबाट सुरु हुने र हामी जिज्ञासा र समझदारीका साथ एक–अर्कासँग सम्बन्धक बिस्तार गर्दा हामीले सम्बन्धै सम्बन्धले जोडिएको समुदायको जग बसाल्न सकिने बताइन । प्राध्यापक भोल्स्टरम्यानले विश्वव्यापी चुनौतीका बीच बालबालिकाका लागि आशावादी भविष्य निर्माण गर्न शिक्षकहरूले खेलेको व्यापक भूमिकाको स्मरण गराउदै ‘उनीहरूले शैक्षिक सिकाइलाई मार्गदर्शन मात्र नगरेर दया, करुणा र लचिलोपनको नमूना पनि देखाउँछन’ भनिन ।
उद्घाटन स्तरको समापन गर्दै संस्थाका अध्यक्ष प्रेमबहादुर कुँवरले थिओला फाउण्डेशनसँगको साझेदारीमा आगामी तीन वर्षमा शिवशक्ति क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार तथा बिपन्न विद्यार्थीका लागि एक लाख बराबरको छात्रवृत्ति कोष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे । भाष्कर मेमोरियल स्कुलका प्राचार्य विश्व राज बाँस्तोलाले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका सचिब गोबिन्द गौतमले कार्यक्रम संचालन गरेका थिए ।