Pokharapatra National Daily

सरकार परिवर्तन दुई ठुला दल कागें्रस र एमालेले नसोचेसम्म परिवर्तन हुदैनः अध्यक्ष नेपाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले सरकार परिवर्तनको बिषयमा सक्ताधारी दुई ठुला दल कांग्रेस र एमालेले चाहेसम्म कसैले परिवर्तन गर्न खोजेर परिवर्तन नहुने बताउनु भएको छ ।
समाजवादी प्रेस सङ्गठन नेपाल, कास्कीले सोमबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सरकार परिवर्तनको कुरा दुई ठुला दल बाहेक अन्य जो कसैले चाहेर तथा बजारमा हल्ला भएको आधारमा परिवर्तन भने हुन नसक्ने अबस्था रहेको जनाउनु भयो । उहाँले भन्नुयभो, “ जसले माओबादी अध्यक्षसंग प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ग गए पनि नर्क गए पनि संगै जाउला भनेर केही समय अघि माओबादीसंग भन्नु भएको थियो आज त्यस्ता भनाई कागेंस सभापति शेरबहादुर देउवालाई पनि पक्कै भन्नु भएकै होला, सरकार परिवर्तनको कुरा हाल कसैले सोच्नु भएको छ भने नेपाली कागेंस र एमाले बाहेक यी दुई वटा महान पात्रले सोच्ने बाहेक अरुले सोचेर केही हुदैन । ”
पार्टी एकताको बिषयमा हाल कुनै कम्युनिष्ट पार्टीसंग मिल्ने कुनै परिस्थिती नभएको उहाँले बताउनु भयो । एमालेसंग मिल्ने बिषयमा कल्पना पनि गर्न नसक्ने बताउनु भएको अध्यक्ष नेपालले माओबादी केन्द्रसंगको लागि परिस्थिती नआएको जनाउनु भयो । समाजबादी मोर्चाहरु बनाउने बताउदै अध्यक्ष नेपालले अहिलेको आवश्यकताको आधारमा बिषय बस्तुलाई समेटेर नेपाली बिषेशताको समाज अनुसारको समाजबादको बाटोमा पार्टी लाग्ने उहाँले जनाउनु भयो ।
धेरै सोच विचार गरेर अति आवश्यकताको आधारमा मात्र भवन तथा कुनै पनि पालिकाहरुको प्रशासनिक भवन देखि पुल निर्माण एवं प्रधानमन्त्री निवास लगायतको क्षेत्रमा आवश्यकता भन्दा बढी विलाशिताको लागि ठुलो रकम खर्च हुने गरेको उहाँको आरोप थियो । नेपालका १६ वटा विमानस्थलमा भएको लगानी अनुसारको विमानस्थलहरु प्रभावकारी ढंगले संचालन हुन नसक्दा पोखरा अन्तराष्ट्रिय विमानस्थल जस्तै नाम मात्रकै अन्तराष्ट्रिय उडान आन्तरिक भएको अध्यक्ष नेपालले दाबी गर्नु भयो । नेपालको अनुमगन र मुल्याङकन पक्ष कमजोर हँुदा जनताको ठुलो रकम सहकारीमा हिनामिना भएको उहाँको दाबी छ । आफुले सहकारीको धेरै बर्ष पहिला राम्रो अनुगमन गर्नुपर्यो भन्दा त्यसको सुनुवाई नभएको अध्यक्ष नेपालले दाबी गर्नु भयो । सहकारी पिडितहरु हाल हरिबिजोग अबस्थामा पुगेकोले सहकारीको रकम अपचलन गर्नेहरुबाट जनताको रकम फिर्ता गराउन उहाँले माग गर्नु भयो । सहकारीको रकम जग्गामा लगानी गरे पनि विदेशसम्म पुर्याए पनि उक्त रकम फिर्ता गराउन सरकारले पहल गर्न उहाँको सुझाव थियो ।
सहकारी पिडिहरुको विषयमा सरकारले सहकारी ठग्नेहरु जो कोहीलाई पछि छाड्न नहुने तर दोषीलाई कार्वाही गर्न नहुने बताउदै सहकारी पिडितहरुलाई जति सक्दो छिटो रकम फिर्ता गराउनुपर्नेमा जोड दिनु भयो । सहकारी पिडित, बाढी पहिरो पिडितको पक्षमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै अध्यक्ष नेपालले सरकार प्रति आलोचना गर्नुभयो ।

प्रतिकृया दिनुहोस्