Pokharapatra National Daily

रक्षा बन्धनको शुभकामना

हिन्दु धर्मावलम्बीले मनाउने चाडपर्व मध्ये रक्षाबन्धन जनैपूर्णिमा विषेश महत्त्वको छ । आजको दिनलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ । जनैपूर्णिमामा नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ । सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ । पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई राखी बाँधीदिने गरिन्छ । भारतीय चलन नेपालमा सरेको छ । राखी कुटनीति पनि हुन
थालेको छ ।
काङ्ग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला हालका परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालालाई राखी बाँधेर भारतीय सत्तारूढ पार्टीसँग सम्बन्ध सुधारको काम गरेको चर्चा भएको थियो । कतिपयले त्यसको आलोचना गरेका थिए ।परराष्ट्रमन्त्री डा. देउवा अहिले भारत भ्रमणमा छिन।राखी कुटनैतिक सम्बन्ध अब देशको हितमा प्रयोग हुन्छकि हुँदैन हेर्न बाँकी छ।जे होस राखी बाँध्ने कुटनीति पनि बन्न पुगेको छ । जनैपूणिर्माको दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ । क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ ।
गुरु विधिपूर्वक मन्त्रिएको जनै धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पूर्णिमाको दिन विधिपूर्वक वेदका मन्त्रले अभिमन्त्रणा गरिएको जनै पहिरिने नेपालमा प्रचलन छ । त्यहीअनुसार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै एवं डोरो धारण गरिन्छ । जनै पूजा, पितृ कार्यमा समेत अत्यावश्यक हुन्छ । डोरोको पनि विभिन्न धार्मिक क्रियाकलापमा विशेष महत्व हुन्छ । हिन्दु धर्मावलम्बीले जनै पूर्णिमाको अवसरमा धेरैले नयाँ जनै ग्रहण गर्ने गर्छ । धेरै महत्व बोकेको चाडमा सरकारले सार्वजनिक विदा दिएको छ।जनैनलगाउनेले पनि राखी बाँध्ने हुँदा चाडपर्व साझा बन्दै गएका छन।यो चाड जनै लगाउनेको मात्र नभइ दाजुभाइ र दिदीबहिनीको मिलनको अवसर पनि भएको छ।सबैले मनाउन सक्ने बनाउन सकेमा जनैपूणिर्माको महत्व बढेर जानेछ । रक्षाबन्धन जनैपूर्णिमाको अवसरमा सबैमा हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

वडा दशैंको शुभकामना

नेपाली हिन्दुहरुको महान चाड वडा दशैंले सबै नेपालहरुलाई छोइसकेको छ । आश्विन शुक्ल प्रतिपदाको दिनदेखि नौ दिनसम्म शक्तिपिठहरुमा दुर्गा भगवतीको पूजा आरधना गरिन्छ । दशैंलाई...

संविधान त बच्यो मर्म बचेन

नेपालको संविधान जारी भएको एक दशक पुरा भएको छ । संविधान कार्यान्वयन नहुँदा असन्तुष्टिले नवयुवालाई विद्रोहमा उतार्यो । भदौ २३ र २४ गते भएको जेनजी...

तीजको शुभकामना !

नेपाली हिन्दु महिलाहरुले मनाउने हरितालिका (तीज) अहिले सबैतिर बस्ने नेपाली महिलाको पर्व भएको छ। औशीबाट शुरु हुने तीज महिनाभरी हुन थालेको छ।तीजको व्रत बस्ने अघिल्लो...

गाईजात्रा सांस्कृतिक पर्वको शुभकामना

काठमाडौं उपत्यकामा बसोबास गर्ने नेवार समुदायले मनाउने गाईजात्रा अहिले देशका मुख्य शहरहरुमा मनाउने गरिएको छ । कला , संस्कृति को धनी काठमाडौं उपत्यकामा मनाइने सांस्कृतिक...

कांग्रेस र कम्युनिस्टले बिर्सेको बाटो

नेपालको राष्ट्रिय हित र नेपाली जनताको मुक्तिको लागि पार्टी स्थापना गरेर जीवनकाल भरी सर्घषरत स्वर्गीय वीपी कोइराला र पुष्पलाल दुई सपुतलाई देशैभरी सम्झने गरिन्छ ।...

रैतीबाट नागरिक भएको दिन गणतन्त्र दिवस

नेपालमा गणतन्त्र घोषण भएको १७ वर्ष पुरा भएको छ । गणतन्त्र घोषणको १८ औं वर्ष प्रवेशमा गरेको छ । २४० वर्ष पुरानो शाह वंशीय राजतन्त्रको...