Pokharapatra National Daily

रक्षा बन्धनको शुभकामना

हिन्दु धर्मावलम्बीले मनाउने चाडपर्व मध्ये रक्षाबन्धन जनैपूर्णिमा विषेश महत्त्वको छ । आजको दिनलाई जनैपूर्णिमा, श्रावणी, रक्षा बन्धन, ऋषि तर्पणी, ऋषि पूर्णिमा र क्वाँटी पूर्णिमा समेत भनिन्छ । जनैपूर्णिमामा नदी, तलाउ वा तीर्थस्थलको किनारमा एकत्रित भएर वैदिक विधिपूर्वक स्नान, सूर्यआराधना, प्राणायाम, अग्निहोत्र र ऋषिको पूजा गरिन्छ । यसरी पूजा गर्दा शारीरिक, मानसिक तथा आध्यात्मिक शुद्धि हुने विश्वास गरिन्छ । सुरक्षाको प्रतीक सूत्र नाडीमा बाँधिने भएर रक्षा बन्धनको शब्दले पनि चिनिन्छ । पछिल्लो समय दिदीबहिनीले दाजुभाइलाई राखी बाँधीदिने गरिन्छ । भारतीय चलन नेपालमा सरेको छ । राखी कुटनीति पनि हुन
थालेको छ ।
काङ्ग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएको बेला हालका परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालालाई राखी बाँधेर भारतीय सत्तारूढ पार्टीसँग सम्बन्ध सुधारको काम गरेको चर्चा भएको थियो । कतिपयले त्यसको आलोचना गरेका थिए ।परराष्ट्रमन्त्री डा. देउवा अहिले भारत भ्रमणमा छिन।राखी कुटनैतिक सम्बन्ध अब देशको हितमा प्रयोग हुन्छकि हुँदैन हेर्न बाँकी छ।जे होस राखी बाँध्ने कुटनीति पनि बन्न पुगेको छ । जनैपूणिर्माको दिन घरघरमा क्वाँटी पकाएर खाने चलन छ । क्वाँटीमा विभिन्न थरिका गेडागुडी चना, मस्याङ, बोडी, मास, भटमास, सिमी, बकुल्ला, केराउ, राज्मा मिसाएर टुसा उमारी बनाइने गरिन्छ । क्वाँटीमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, आइरन तथा फाइबर पर्याप्त मात्रामा पाइने हुँदा यसले थकित शरीरमा ऊर्जा जगाउनुका साथै चिसो पनि भगाउँछ ।
गुरु विधिपूर्वक मन्त्रिएको जनै धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । जनै पूर्णिमाको दिन विधिपूर्वक वेदका मन्त्रले अभिमन्त्रणा गरिएको जनै पहिरिने नेपालमा प्रचलन छ । त्यहीअनुसार गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै एवं डोरो धारण गरिन्छ । जनै पूजा, पितृ कार्यमा समेत अत्यावश्यक हुन्छ । डोरोको पनि विभिन्न धार्मिक क्रियाकलापमा विशेष महत्व हुन्छ । हिन्दु धर्मावलम्बीले जनै पूर्णिमाको अवसरमा धेरैले नयाँ जनै ग्रहण गर्ने गर्छ । धेरै महत्व बोकेको चाडमा सरकारले सार्वजनिक विदा दिएको छ।जनैनलगाउनेले पनि राखी बाँध्ने हुँदा चाडपर्व साझा बन्दै गएका छन।यो चाड जनै लगाउनेको मात्र नभइ दाजुभाइ र दिदीबहिनीको मिलनको अवसर पनि भएको छ।सबैले मनाउन सक्ने बनाउन सकेमा जनैपूणिर्माको महत्व बढेर जानेछ । रक्षाबन्धन जनैपूर्णिमाको अवसरमा सबैमा हार्दिक शुभकामना ।

प्रतिकृया दिनुहोस्

१३७ औ मइ दिवसको शुभकामना !

मजदुरहरुले गरेको सर्घषको इतिहासलाई सम्झेर मे दिवस मनाइने गरिएको छ । १३६ बर्ष पहिला मे १ तारिकका दिन संसार निर्माण गर्ने श्रमिक वर्गले संघर्ष, एकता...

नयाँ वर्ष उत्साह र आशाको वर्ष बन्न सकोस्

नेपालीहरुले मान्दै आएको पात्रो (क्यालेण्डर) फेरिएको छ । नेपालमा विक्रमाब्दले चलनमा ल्याएको सम्वतलाई नै मानिदै आएको छ । नेपालले मानेको पात्रो २०८३ शुरु भएको छ...

रामनवमीको शुभकामना !

हिन्दुधर्मावलम्बीले भगवान् श्रीरामको सम्झनामा रामनवमी पर्व भब्य रुपमा मनाउने गर्दछन । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामको सम्झनामा ‘रामनवमी’ पर्व नेपाल, भारत लगायत...

मेलमिलापको पर्व होली

बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा फागु पुर्णिमालाई लिने गरिन्छ । फाल्गुण शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व पहाडी जिल्लामा हर्षोल्लासका साथ...

जनताले अधिकार पाएको दिन

नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष पुरा भएको छ । नेपाली जनताले प्रजातान्त्रिक अधिकार पाएको पचहत्तर वर्ष पुग्दा पनि देशमा राजनीतिक स्थायित्व हुन सकेको छैन...

२७ वर्षको यात्रा

नेपालमा पत्रपत्रिका प्रकाशित भएको इतिहास लामो छैन । पोखरामा पत्रपत्रिका प्रकाशन अन्य शहरको दाँजोमा ढिलो भएको पाइन्छ । पोखरामा २००७ सालको आन्दोलन पछि मात्र पत्रिका...