Pokharapatra National Daily

‘माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वर्ड च्याम्पियनसीप २०२१’ तयारी पूरा

‘माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप २०२१’ को प्रतियोगिताका लागि आवश्यक तयारी पूरा भएको छ ।
२० औँ माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप नेपालको लागि राष्ट्रिय पार्टनर दीप आइटी एण्ड एजुकेशनल कन्सल्टेन्सी तथा दीप कम्प्युटर इन्ष्टिच्युट पोखराका सञ्चालक दिनेश लामिछानेले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिए हुन् । उनले प्रतियोगिताको रजिष्ट्रेशन नेपालभर चलिरहेको र जिल्लास्तरको प्रतियोगिताका लागि सम्बन्धित जिल्ला पार्टनरलाई आवश्यक व्यवस्थापन सम्बन्धी तालीम पनि दिइसकेको जानकारी दिए ।
सञ्चालक लामिछानेले भन्नभयो, “माइक्रोसफ्ट अफिस स्पेशलिस्ट वल्ड च्याम्पियनसीप एक ग्लोबल कम्पीटिसन हो । जसले विद्यार्थीको माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टमा सीप परीक्षण गर्दछ । साथै विद्यार्थीलाई माइक्रोसफ्ट सर्टिफिकेशन उपलब्ध गराउँदछ । माईक्रोसफ्ट सर्टीफिकेशन एक अन्तर्राष्ट्रिय प्रमाणपत्र हो ।”
उनले अहिलेको समय सूचना प्रविधिको समय भएको उल्लेख गर्दै पछिल्लो समय हरेक क्षेत्रको कार्य सम्पन्न गर्नका लागि माइक्रोसफ्ट अफिस वर्ड, एक्सल र पावरपोइन्टको प्रयोग कुनै न कुनै रुपमा हुने गरेको बताए । विशेष गरी १३ वर्षदेखि २२ वर्ष उमेर समूहका विद्यार्थीले दीप आइटीका पार्टनर वा कार्यालयबाट आवेदन भर्न सक्नेछन् । प्रतियोगितामा सहभागीले दुई हजार १७० शुल्क बुझाउनुपर्नेछ । आवेदन दिनेलाई ‘माइक्रोसफ्ट लर्निङ टिच’ सफ्टवेर प्रदान गरिनेछ ।
विद्यार्थीलाई भाग लिन सहज होस् र विषयगत दक्षता बढोस् भन्ने उद्देश्यले जिल्ला समन्वय समिति, प्याब्सन, एनप्याब्सन, युनिप्सको समन्वयमा निजी विद्यालयका प्रधानाध्यापक तथा कम्प्युटर शिक्षकलाई यस विषयमा प्रशिक्षण दिइसकिएको छ । प्रतियोगितामा सहभागी हुने प्रत्येक विद्यार्थीले एक लाख ५० हजार बराबरको लाभ लिन सक्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्