Pokharapatra National Daily

कमलपोखरी सहकारी र नागरिक डेन्टल बिच सम्झौता

दाँत सफा गर्नु छ ? हजुरको गिजा दुखेको छ ? हजुरको दाँत दुखेर आँ गर्न नि भएको छैन् ? दाँत चम्काउनु छ ? अव एक रति पनि पिर नलिनुहोस । सहकारी र नागरिक डेन्टलविच दाँतको सवै समस्या समाधान गर्न आइतवार सम्झौता भएको छ । पोखरा महानगरपालिका वडा नं १३ बाँझापाटन स्थित कमलपोखरी बचत तथा ऋण सहकारी संस्था र न्यूरोडमा स्थित नागरिक डेन्टल क्लिनिक एण्ड अर्थोडोन्टिक सेन्टर क्लिनिक संग सम्झौता भएको हो । सहकारीका सदस्यहरुले डेन्टलवाट विभिन्न विषयमा छुट पाउने भएका छन् । निःशुल्क परामर्श, एक्सरे दाँत भर्ने, जराको उपचार, दाँत निकाल्ने कार्यमा १० देखि ३० प्रतिशत छुट, डाईमन्ड भर्नेमा ३० प्रतिशत, दाँत सफागर्दा जराबाट उपचार गर्नुपरेमा २५ प्रतिशत, दाँत टल्काउने र दाँतमा खोल राख्नु परेमा १० देखि २० प्रतिशत, सिधा दाँता बनाउनु परेमा १० प्रतिशत, दाँत प्रत्यारोपणमा १० प्रतिशत, गिजाको उपचार १० प्रतिशत र बच्चाको दाँतको उपचारमा पाँच प्रतिशतले छुट दिने लगायत विषयमा सम्झौता गरिएको सहकारीका सचिव कुमार केसीले पोखरापत्रलाई वताए । सहकारीका अध्यक्ष माधबप्रसाद आचार्य र नागरिक डेन्टलको तर्फवाट डा.कृपा शाही विच सम्झौतामा हस्ताक्षर भएको छ । त्यसैगरी सहकारीले निरा माया डायग्नोस्टि संग पनि सम्झौता गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्