Pokharapatra National Daily

ढेवाजू प्रतिष्ठानमा जे.पी र द्धा सम्मानित

कृष्णबहादुर टेकबहादुर ढेवाजू शैक्षिक प्रतिष्ठानको साधारण सभा शनिवार सम्पन्न भयो ।
पोखरा विश्वविद्यालयका उप–कुलपति प्रा.डा. प्रेमनारायण अर्यालले सहस्राब्दी पुरुष कर्णेल जे.पी. क्रस र युवा वैज्ञानिक मनिषा द्वा लाई सम्मान–पत्र प्रदान गर्न पाउँदा अत्यन्त खुशी लागेको भन्नुभयो । समाजमा यस किसिमको कार्यले श्रृजनशील र क्षमता बोकेका मानिसहरुको मनोबल उच्च रहने उपकुलपति अर्यालले जानकारी गराउनु भयो ।
बौद्धिक पलायन हुने क्रम अत्यन्त बढिरहेको सन्दर्भमा कर्णेल जे.पी. क्रस जस्ता व्यक्तित्वहरु जसले नेपाल र यहाँको महत्व बुझेर यसलाई कर्मथलो बनाउनु भयो यो विषय नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत अर्यालले जानकारी दिनु भायो ।
पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालले प्रतिष्ठान सँग सहकार्य गर्ने र प्रतिष्ठानलाई सक्दो सहयोग गर्दै शैक्षिक तथा समाज विकासका कार्यहरुमा काँधमा काँध मिलाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । प्रतिष्ठानका उपाध्यक्ष प्रा. रामगोपाल ढेवाजूले स्वागत गर्दै प्रतिष्ठानका अनुकरणिय व्यक्तित्व द्वय स्व. कृष्णबहादुर ढेवाजू र टेकबहादुर ढेवाजूको जीवन यात्रा स्पष्ट पार्नु भयो । कार्यक्रममा प्रतिष्ठानका सचिव उपेन्द्र सुवेदीले प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्दै वार्षिक साधारण सभा देखी हालसम्मका प्रतिष्ठानका कार्यहरु र प्रतिष्ठानले तय गरेका आगामी कार्यहरुको जानकारी दिनु भयो । नेपाललाई कर्मभूमी बनाउँदै आफ्नो जीवन व्यतीत गर्ने व्यक्तित्व सम्मानितको तर्फवाट जे.पी क्रसले विच–विचमा उखान टुक्काको प्रयोग गर्दा हलमा हाँसोको फोहोरा छुट्ने गरेको थियो । आफ्नो मृत्युको खवर आफैं पढ्दाको उहाँको अनुभव अत्यन्त मार्मिक र मर्मस्पर्शी थियो ।
प्रतिष्ठानका सभापति प्राध्यापक तारा बरालको अध्यक्षतमा भएको कार्यक्रममा प्रतिष्ठानका पुर्व संरक्षक सदस्य तथा पूर्व सचिव राजेन्द्र भण्डारीले सम्मान पत्र वाचन गरेर सुनाउनु भयो भने प्र्रतिष्ठानका संरक्षक सदस्य तथा भद्रकाली माध्यमिक विद्यालय व्यबस्थापन समितिका अध्यक्ष लोक बहादुर कार्कीले उपस्थित सम्पूर्ण महानुभवहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो ।

प्रतिकृया दिनुहोस्