Pokharapatra National Daily

स्वदेशी तथा विदेशी पर्यटक रंगिदै पोखरामा होली पर्व मनाइयो

रंगै रंगको पर्व, दुख भुल्ने, प्रेम, सद्भावका साथै पुराना शत्रुता भुली एक अर्कालाई थरि थरिको रंग लगाई मित्रता साटासाट गर्ने पर्वको रुपमा पर्यटकहरुसंग एक आपसमा रंग लगायर होली पर्व मनाइएको अध्यक्ष भट्टराईले बताउनुभयो । महोत्सव अम्मट चौताराबाट सुरु भई आन्तरिक तथा वाह्य पर्यटकहरुलाई सहभागी गराई सामुहिक रुपमा होली खेल्दै, पञ्चे वाजा र संगितका साथमा होली खेल्दै गौरीघाट, वाराहीचोक हल्लनचोक हुदै खहरेचोक सम्म खेल्दै कार्यक्रम सम्पन्न भएको थियो । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय रहेको थियो । पोखराको लेकसाइडमा विदेशीसंग स्थानिय युवा तन्नेरी देखि बृद्धबृद्धासम्म होली खेलेको देखिएको थियो । पोखराको लेकसाइड केन्द्रिय गरी विभिन्न स्थानमा होली पर्व बिषेश कार्यक्रम गरिएको थियो ।
पोखरा सांगीतिक कलाकार संघको आयोजनामा कलाकार कोष अभिवृद्धि तथा कलाकार उपचार अक्षयकोषको स्थापना गर्न पोखराको क्याम्पिङ चौरमा होली म्यूजिक फेष्टिवल–२०८० भएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताउनु भयो । प्रवेश निःशुल्क रहेको ‘पोखरा होली म्यूजिक फेष्टिवलमा ‘जोमसोमै बजार, बाह्र बजे हावा सरर’ बोलको गीतका ओरिजिनल सिंगर तथा नेपथ्य व्याण्डका पूर्व भोकलिष्ट गौतम गुरुङसहित आधा दर्जन चर्चित कलाकारहरुले प्रस्तुती रहेको संघका अध्यक्ष गुरुङले बताउनु भयो । कार्यक्रमको अन्त्यमा डिजे भिटिजे बिजयले डिजेईङको मज्जा चखाउँदै समापन गरिएको कार्यक्रम संयोजक तथा संघका सचिव भाष्करध्वज श्रेष्ठले बताउनु भयो । त्यसै गरी पोखराको बाराहीघाट खेल मैदान र सेन्टर प्वाइन्टमा समेत सामुहिक होली उत्सव भएको थियो ।

पोखरामा सामुहिक रुपमा मनाइएको होली कार्यक्रमले पोखरामा आउने पर्यटकहरुको बसाई अवधि समेत लम्बाउनमा धेरै मद्धत पुगेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणा हुनुले पोखराको पर्यटन प्रबद्र्धनमा थप टेवा पुगेको उहाँको भनाई छ । आइतबार स्वदेशी तथा विदेशी पर्यटकहरु लेकसाइडमै ओइरिनुले व्यवसायलाई यसले थप आशा जगाएको अध्यक्ष श्रेष्ठले बताए । पोखरा लेकसाइडको किवि ब्याक प्याकर्स होस्टेलमा आएका २० बढी विदेशी पर्यटकहरु होलीको कारण केही दिनको लागि पोखरामै बसाई अवधि बढाएको होस्टेलका संचालक सुमन भट्टराईले बताउनु भयो । पोखरामा मनाइने भाईटिका महोत्सव, रोपाई महोत्सवले समेत पोखरामा पर्यटकको बसाई अवधि लम्बाउने गरेको उहाँले दाबी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्