Pokharapatra National Daily

गण्डकीका प्रदेश प्रमुख भट्टद्वारा पदभार ग्रहण

गण्डकीका नवनियुक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो पदभार ग्रहण गर्नुभएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गर्नुभएको थियो ।
गत फागुन २८ गते नियुक्त हुनुभएका प्रदेश प्रमुख भट्ट शनिबार पोखरा आएर आइतबार पदभार सम्हाल्नुभएको हो ।
सो अवसरमा उहाँले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु ।” उहाँलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गर्नुभएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो । गण्डकीको संस्थापक प्रदेश प्रमुख बाबुराम कुँवर हुनुहुन्छ । यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान गुरुङले गण्डकीको प्रदेश प्रमुखका रूपमा नेतृत्व प्रदान गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्