Pokharapatra National Daily

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलको स्वास्थ्य शिविर

कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस एन्ड डेन्टल हस्पिटलले मनोवैज्ञानिक आघातमा परेका बालबालिकाको लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बिएम फाउन्डेसनको सहयोगमा मंगलबार कोपिला नेपालको व्यवस्थापनमा भएको शिविरमा १०० जनाको स्वास्थ्य जाँच गरिएको इन्स्टिच्युटकी पब्लिक हेल्थ कोअर्डिनेटर तथा शिविर संयोजक शर्मिला शर्माले जानकारी दिनुभयो । उहाँले बताउनु भयो शिविरमा ४० जनामा फ्लोराइड एप्लिकेसन र सहभागीलाई जनचेतना तथा मुख दन्त स्वास्थ्य सचेतना सञ्चालन गरिएको थियो ।
शिविरमा डा. अनुजा काफ्लेको नेतृत्वमा रहेको स्वास्थ्यकर्मी टिमले सेवा दिएको थियो । सो अवसरमा शिविरमा बालबालिकाका लागि निशुल्क डेन्टल चेकअप, फ्लाराइड एप्लिकेसन, दाँत उक्काउने, दाँत भर्ने र सफा गर्ने सेवा दिनुका साथै ठूला दाँतका बिरामीका लागि भने डेन्टलमा नै रिफर गरिने शर्माले बताउनुभयो ।

यसअघि पोखराको जनप्रिय मावि, राम निमावि र पुष्प सदन एकेडेमीमा शिविर सञ्चालन गरिएको थियो । इन्स्टिच्युटबाट गत आव तथा चालु

आवमा गरी ६७ शिविरबाट १ हजार ५ सय हाराहारीमा विद्यार्थी तथा अभिभावकले स्वास्थ्य लाभ लिएका थिए । संयोजक शर्माका अनुसार यस पटक ५० वटा शिविर सञ्चालन गर्ने लक्ष्यअनुसार काम भइरहेको बताउनुभयो । शिविरबाट रिफर भएर आएकाहरुलाई इन्स्टिच्युटले १० देखि १५ प्रतिशत छुट दिने जनाएको छ ।

प्रतिकृया दिनुहोस्