Pokharapatra National Daily

महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रियो

महाशिवरात्रि पर्वको अवसरमा पोखरामा उखु भित्रिएको छ । यस बर्ष पोखरामा गण्डकी प्रदेशका २ जिल्लाबाट उखु भित्रिएको हो ।
प्रदेशको गोर्खा र तनहुँबाट मात्र उखु महाशिवरात्रि पर्वलाई लक्षित गरी उखु भित्रिएको व्यवसायीहरु बताउछन् ।
यही फागुन २५ गते शुक्रबार महाशिव रात्रि पर्वलाई लक्षित गरी गोर्खाको च्याङलीङबाट धेरै मात्रामा र तनहुँको दामौलीबाट केही मात्रामा पोखरामा केही दिन देखि उखु भित्रिएको पोखरा शान्तिवन वाटिकामा रहेको कृषि उपज बजार व्याबस्थापन समितिका योजना सहायक रुपा दाहालले बताइन् । कालोजातको उखु खानको लागि र सेतो जातको उखु शिवरात्रिको अवसरमा धुनि लगाउदा पट्काउन प्रयोग गरीने भएको एक व्यवसायि अर्जुन कुमार श्रेष्ठले बताए । पोखरामा सामान्यतया होलसेल मुल्य कालो उखु प्रति लार्को ६० देखि ९० र सेता उखुको प्रति लार्कोको मुल्य २० देखि ३० रुपैया पर्ने भएको श्रेष्ठले जनाए ।
बजारमा सेतो उखु प्रति लार्को ४० देखि ५० र कालो उखु प्रति लार्को १ सय देखि १ सय ५० मा बिक्रि हुन थालेको छ । शिवरात्रिको अवसरमा साँझ देखि वेलुकासम्म देशका विभन्नि ठाँउका शिव मन्दिर एवं चौतारामा धुनी लगाउने र उखु पट्काउने तथा उखु खाने प्रचलन रहेको छ ।

प्रतिकृया दिनुहोस्