Pokharapatra National Daily

देशमा दलाल पूँजिवादको राज भएको पूर्वप्रधानमन्त्री खनालको दाबी

पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पाटीका सम्मानित नेता झलनाथ खनालले देशमा दलाल पूंजिवादले राज गरेको दाबी गर्नु भएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीले शनिवार पोखरामा आयोजना भएको पत्रकार सम्मेलनमा वोल्दै उहाँले देशमा हाल पुंजिबादले राज गर्दा देशमा ठुलो समस्या उत्पन्न भएको दाबी गर्नु भएको हो ।
नेपालको दलाल पुंजिबाद, विदेशी साम्राज्यबादको हाबी भएको दाबी गर्दै नेता खनालले रातारात कमिसन, कालाबजारीले देशमा आर्थिक विकासमा समेत ठुलो नकरात्मक प्रभाव पारेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो“ अहिले देशमा दलाल पुंजिबादले राज गरिरहेको छ, यस्तो दलाल पूजिबादले देशमा कमिसनखोर बढाउने,भ्रष्टचार बढाउने, सोसण बढाउने, जातिय विभेद बढाउने, धार्मिक विभेद बढाउने, सांस्कृतिक द्धन्द्ध समेत बढाउने छ ।” देशका युवा दैनिक ३ हजार बिदेशीनु निकै दुःख लाग्दो भएको बताउदै नेता खनालले युद्वमा गएर पनि पैसा कमाउन नेपाली युवाहरु विवश भएको जनाउनु भयो ।
देशमा दलाल पूजिबाद हाबी हुदा जनतामा आक्रोश बढेको उहाँको भनाई थियो । समाजबादमा नपुगिकन देशलाई समृद्धिमा पुर्याउन नसकिने दाबी गर्दै नेता खनालले हाम्रो देश सम्पन्न र धनि देश मध्यको एकमा पर्ने दाबी गदै प्राकृतिक श्रोत तथा साधनको हिसावले पनि धनि देश भएको जनाउनु भयो । समाजबादले मात्र देशमा रहेको कालाबजारी, तस्करीलाई नियन्त्रण गर्न सक्ने उहाँको भनाई थियो । देशमा दलाल पुजीबाद हावी भएको जसले गर्दा देशमा धेरै समस्या रहेको नेता खनालले आरोप लगाउनु भयो । उहाँले देश जटिल अबस्थामा रहेको उल्लेख गर्दै अब यसको विकल्प समाजबादकै बाटो भएको दाबी गर्नु भयो ।
सक्तामा बसेका व्यक्तिहरुले ठिक ढंगले काम गर्न नसकेको हुदा देशमा समस्या बढ्दै गएको उहाँको आरोप थियो । देशमा कृषिमा क्रान्ति, औधोगिककरण, उद्योग धन्दा संचालन गरि, देशमा रोजगार सृजना गरी गरिबि निवारण गर्नु पर्नेमा नेता खनालले बताउनु भयो । देशमा आमूल परिवर्तन गर्न सरकार र नेताले कोर्ष र नीति तथा कार्यक्रम परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो । कृषिमा परिवर्तन गर्न समयमै मल,बीउ उपलब्ध गराउदै वित्तीय र प्राविधिक मैत्री बनाउनु पर्ने नेता खनालले जनाउनु भयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालबाट धेरै आशा गरेको त्यसमा जति जोगी आए पनि कानै चिरेका भने जस्तै जनताले महशुस गर्न नसकेको उहाँको भनाई थियो । पानी धमिलाउन एउटै गंगटाले पनि सक्ने उल्लेख गर्दै नेता खनालले देशमा केहीले धमिलो पानीमा माछा मार्न खोजेकोले सचेत हुनुपर्नेमा जोड दिनु भयो । परिवर्तनका बहाक शक्तिहरुले ठिक ढंगले काम गर्न नसक्दा देशमा परिवर्तन हुन नसकेको नेता खनालको भनाई थियो । प्रेस संगठन कास्कीका अध्यक्ष रुद्र बहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको सचिव भिम थापाले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्