Pokharapatra National Daily

लायन्स क्लब अफ ईन्टरनेशनलद्धारा मानवसेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन सहित हन्तान्तरण

पोखरा २५ हेमजा स्थित मानवसेवा आश्रम शाखा कार्यालयको नवनिर्मित भवन (हल र किचन) को उद्घाटन सहित हस्तान्तरण गरिएको छ । लायन्स क्लव ईन्टरनेश्नल डिष्ट्रिक ३२५ बी वानको सहयोगमा हालै निर्माण भएको उक्त भवनको एक समारोहका बिच बुधबार उद्घाटन सहित हस्तान्तरण समेत गरिएको हो ।
किचन, ट्वाईलेट वाथरूम सहित १७ कोठा रहेको उक्त भवन निर्माणमा १ करोड ६५ लाख ८ हजार लगानी भएको आश्रमका केन्द्रीय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले हामीलाई बताउनु भयो । लायन्सबाट १ लाख अमेरिकी डलर (करिब १ करोड २५ लाख) बाट सहयोग प्राप्त भएको हो । करिब साँढे ३ बर्षमा उक्त भवन निर्माण भएको हो । लायन्स अन्तर्राष्ट्रिय निर्देशक बालकृष्णा बुर्लाकोटीले उक्त भवनको बुधबार उद्घाटन तथा हस्तान्तरण गर्दै आश्रममा नमुना भवन निर्माण भएको दाबी गर्नु भयो । ३६५ दिननै आश्रममा खाना नानाको व्याबस्थापन गर्न सके आश्रमलाई दिगो रूपमा संचालन गर्न सकिने उहाँले बताउनुभयो । यो लायन्सको नमुना कार्य भएको निर्देशक बुर्लाकोटीले बताउनुभयो ।
लायन्सले देशका अन्य ठाउँमा आश्रम बनाउने अभियानमा रहेको उहाँले जनाउनु भयो । मानवसेवा आश्रमको कार्य र लायन्स क्लब अफ ईन्टरनेशनलको उद्देश्य एउटै रहेकाले सो कार्यमा आश्रमसँग समन्वय गरिएको परियोजनाका प्रोजेक्ट म्यानेजर विशेश्वर आचार्यले बताउनुभयो । नेपालमा करिब ४० हजारको संख्यामा लायन्सका सदस्यहरु रहेकोले अनाथ र असायलाई नाना, खाना लगायतको सेवा सुविधामा जुट्नु आचार्यले आग्रह गर्नुभयो । आश्रममा ३६५ दिनै खाना खाजाको व्यावस्था मिलाउने उहाँले बताउनुभयो । १६ लाखको लागतमा पार्क समेत निर्माण गरिएको लायन्स होमराज भट्टराईले बताउनु भयो ।
उक्त परियोजना सन् २०२१/२०२२ मा सुरू गरिएको हो । जग्गा दाता मोतीबहादुर थापाले ५ वर्षमा धर्मशाला निर्माण नदी तटबन्ध लगायतका योजना बनाउने आश्वासनमा उक्त जग्गा उपलब्ध गराएको बताउनुभयो । भावुक हुदै उहाँले उक्त आश्रममा भवन निर्माणको क्रममा पारदर्शी गर्न आग्रह गर्नुभयो । हेमजा शाखामा १ सय २४ ज्येष्ठ नागरिक हुनु हुन्छ भने छोरेपाटनमा ७६ बृद्वाहरू आश्रीत हुनुहुन्छ ।
आश्रमका परिकल्पनाकार एवं संस्थापक अध्यक्ष रामजी अधिकारीले २०८२ मा देशका सबै स्थानमा सडक मानव मुक्त बनाउने सरकारको अभियानलाई मानव आश्रमले सहयोग गर्ने दाबी गर्नुभयो । हेमजामा ६३ रोपनी जग्गा आश्रममा रहेको छ । लायन्स ईन्टरनेश्नल ३२५ जेका गर्भनर हरि प्रसाद मरठ्ठाले लायन्स क्लवले समाज सुधारको पक्षमा यस्ता उदाहरणीय कार्य गर्दै जानुपर्ने बताउनुभयो । पहिलो तला पोखरा महानगर १ करोेड ७२ लाखको लागतमा निर्माण गर्न सुरु गरेको छ भने दोश्रो तला गण्डकी प्रदेशको सामाजिक बिकाश तथा स्वास्थ्य मन्त्रालय र महायज्ञबाट संकलन रकमबाट निर्माण गरिने भएको छ । प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलले आश्रममा रहेका अनाथ तथा असाय एवं बृद्ध बृद्धाहरुलाई समाजका असल मानिसहरुले नै रेखदेख गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्