Pokharapatra National Daily

युवा शक्ति बाहिरीदा पहाडहरु रिक्तिदै छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवा शक्ति विदेशीदा पहाडका धेरै गाँउहरु रिक्तिदै गएको बताउनु भएको छ ।
एमाले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्र्तगत पोखरामा आएको उक्त अभियानको क्रममा शुक्रबार पोखराको तालचोकमा संक्षिप्त सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताउनु भएको हो ।
देशमा अहिले गरिबी, महङ्गी तथा वेतीथी बढेकोले नेपालमा धेरै जनतामा नैरस्यता छाएको अध्यक्ष ओलीले बताउनु भयो । एमाले पार्टी नेतृत्वमा विकासको गति लिएको दाबी गर्दै उहाँले अहिलेको सरकार सरकारमा बसे पनि सरकार चलाउन नसकेको टिप्पर्णी गर्नु भयो । एमालेले सुरु गरेका विकासका योजनाहरु हाल अलपत्र अबस्थामा रहेको बताउदै अध्यक्ष ओलीले एमाले नेतृत्व विना देशमा विकास नहुने जिकिर गर्नु भयो ।
देशका युवा शक्ति विदेशीदा नेपालका धेरै पहाडी भेगमा रहेका सुन्दर गाँउहरु रिक्तिदै गएकोले अब यसलाई रोक्नको लागि पनि एमाले नेतृत्व सरकार आवश्यक भएको उहाँको भनाई थियो । समृद्धिका लागि सङ्कल्प यात्रा अभियानले मिसन २०८४ लक्षित गरी आफुहरु देशै भरी पुग्ने गरी विभिन्न अभियानका कार्यक्रम गर्दै जाने भएको अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले वर्तमान सरकारले हाल देशमा देखिएको समस्यालाई समाधान गर्न नसक्ने जिकिर गर्नुभयो । देशमा हाल भ्रष्टाचार बढेको र विकास निर्माणको काम ठप्प रहेको उहाँको भनाई छ ।
अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका लागि आवश्यकताका बारेमा जानकारी लिन पनि उक्त अभियानले थप सहयोग गर्ने जनाउनु भयो । सुखी नेपाली समृद्ध नेपालको नारा अहिलेको सरकारले उच्चाहरण नै गर्न नचाहेको बताउदै अध्यक्ष ओलीले जनतालाई सुखी र देशलाई समृद्धि बनाउने सपना एमाले पार्टीसंग मात्र भएको दाबी गर्नुभयो । नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा भव्य स्वागत गरिएको छ । नेकपा एमाले समृद्धिका लागि सङ्कल्प यात्राको अभियान अन्र्तगत अध्यक्ष ओली सहितको टोलीलाई पोखरामा शुक्रबार भव्य स्वागत गरिएको एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले बताउनु भयो ।
पुष्पलाल पार्क, जिरो किमी, अमरसिंहचोक र तालचोकमा पार्टी अध्यक्ष ओली सहितका उक्त टोलीमा रहेकाहरुलाई फुलमाला, खादा, फेटा, भाङग्रा समेत लगाउदै स्वागत गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । पोखराको अमरसिंह चोकमा बिहानै ८ बजेदेखि ठुलो संख्यामा एमाले नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अध्यक्ष ओलीसंग सेल्फी लिन बृद्धबृद्धा देखि युवाहरुको उत्तिकै क्रेज देखिन्थ्यो । पोखराका नौं ठाँउमा बिहिबार देखि पार्टी अध्यक्ष ओली सहितका टोलीमा सहभागिहरुलाई स्वागत गरिएको एमाले कास्कीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्