Pokharapatra National Daily

पोखराबाट पनि नयाँ नोट सटही गर्न सुरु

नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले सोमबार देखि आम सर्वसाधारणको लागि नयाँ नोट सटही गर्न सुरु गरेको छ । वडा दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंकले सोमबार देखि नयाँ नोट सहटी गर्न सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सोमबार देखि सर्वसाधारणको लागि प्रति व्यक्ति १८ हजार ५ सयको नयाँ नोट सटही गर्न सुरु गरिएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशीले बताउनु भयो । आम सर्वसाधारणको लागि भने गत बर्ष झै यस बर्ष पनि सानो नोट (५, १०, २०, ५० र १००) का एक÷एक बण्डल सटहीको व्यबस्था गरिएको उहाँले जनाउनु भयो । केही समय अघि नेपाल राष्ट्र बैंक पोखरा कार्यालयल प्रदेशका बैंक तथा विक्तिय संघ संस्था एवं नोट कोषलाई नयाँ नोट उपलब्ध गराएको थियो ।
अधिकांश बैंक तथा विक्तिय संघ संस्थाहरुले आम सर्वसाधारणलाई सहज रुपमा नयाँ नोट वितरण नगरेकोले राष्ट्र बैंकसम्म पुग्नु परेको छ । यस बर्ष अघिल्लो बर्षको तुलनामा भने ५० रुपैयाको माग बढी भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ । घण्टौं लाइनमा बसेर पनि आम सर्वसाधारणहरुले बालबालिकाहरुको खुसिको लागि नयाँ नोट सटही गर्न आएको पाइन्छ । दशैंको अवसरमा नयाँ नोट बालबालिकाहरुलाई दिदा उहाँहरुको खुसिको लागि आफुले प्रायः सधै दशैंमा नयाँ नोट साट्ने गरेको पोखराका असित बरालले बताउनु भयो । नयाँ नोट दशैंमा टिका लगायर बालबालिकाहरुलाई दिदा उहाँहरुको खुसि, मज्जा मान्ने गरेकोले आफु हरेक बर्ष नयाँ नोट सटही गर्न आउने गरेको उहाँले जनाउनु भयो । पोखरा छोरेपाटनका एक युवा कुमार परियार पहिलो पटक एक घण्टा लाइनमा बसेर नयाँ नोट सटही गर्नु भएको छ । दशैंमा नयाँ नोटको कारोवारले मज्जा हुने सुनेर नयाँ नोट साट्न आएको बताउनु भयो ।
नयाँ नोट सटही गर्न झोला सहित लाइनमा बस्नु भएका महेश्वरी पराजुलीले यस बर्ष भने नयाँ नोट सटही गर्दा एक घण्टा जसोमा पालो आउने गरी व्यबस्थित भएको दाबी गर्नु भयो । नयाँ नोट सटही गर्नेको लाइनमा फरक धारण भएका तुलसी प्रसाद भण्डारीले आफुले कारोवार गर्ने एनआईएमबी, माछापुच्छ«्रे बैंकले नयाँ नोट नदिएको कारण बालबालिकाको खुसिको लागि लाइनमा बसेर नयाँ नोट साट्न राष्ट्र बैंकसम्म पुगेको बताउनु भयो ।

प्रतिकृया दिनुहोस्