Pokharapatra National Daily

पोखरामा पुनः तोरीपानीबाट प्याराग्लाईडिङको उडान सुरु

पोखरामा विगत साँढे ९ महिनादेखि स्थान्तरण भएको साहसिक खेल प्याराग्लाईडिङ अन्ततः पहिलाको स्थान तोरीपानी बाहकोटबाट उडान सुरु भएको छ । पोखरा अन्तरास्ट्रिय विमानस्थलको कारण देखाउदै पोखरा १८ को तोरीपानीबाट पोखरा २४ को मान्द्रेढुंगाबाट स्थान्तरण भई संचालन गरिएको प्याराग्लाईडिङ पुनः पहिलाकै स्थान तोरीपानीबाट आइतबारदेखि सुरु भएको नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनिल बहादुर भट्टराईले बताउनु भयो ।
संघ, प्रदेश र स्थानीय सरकारसँगको समन्वयपछि तोरीपानीबाट उडानको सहमति प्राप्त भएको उहाँले जनाउनु भयो । घटस्थापनाको दीन देखि पुरानै स्थान तोरीपानीबाट प्याराग्लाईडिङको उडान भर्ने (टेकअफ गर्ने) भए पछि प्याराग्लाईडिङ पाइलट, पर्यटकहरुलाई स्थानिय आमा समुह, तोरीपानी युथ क्लव लगायतका संघ संस्थाहरुले फुलमाला, खादा तथा अविर लगार स्वागत गर्नु भएको स्थानिय पर्यटन व्यवसायी प्रेम बहादुर तिमिल्सिनाले बताउनु भयो । आफ्नो गाँउको पहिचान सहित गाउँबाटै प्याराग्लाईडिङ उडान हुने हुँदा आफ्नो गाँउको साहसिक खेलले पर्यटन प्रबद्र्धन हुने उहाँले विश्वास व्यक्त गर्नु भयो । आफ्नो क्षेत्रबाट साँढे ९ महिनामा स्थान्तरण भएको प्याराग्लाईडिङ पुनः उडान गर्न अनुमती पाएसंगै आइबतारदेखि सुरु भएकोमा आफुहरु निकै हर्सित भएको तोरीपानी युथ क्लवका अध्यक्ष बसन्त बहादुर तिमिल्सिनाले बताउनु भयो ।
तोरीपानी बहाकोट क्षेत्रको टेकअफमा मर्मत संहार एवं सरसफाई सहित कार्पेट विच्छायएको अध्यक्ष भट्टराईले जनाउनु भयो । एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (ए.आई.पि.) मा तोरीपानीबाट पोखराको प्याराग्लाईडिङ गर्न उपयुक्त छ भनी अनुमति सहितको सूचना प्रकाशन भएसंगै अब आफुहरु आफ्नो आन्तरिक तयारी गरी पहिलाकै स्थानबाट प्याराग्लाईडिङ गर्ने भएको अध्यक्ष भट्टराईले बताउनु भयो । अब आफुहरुलाई पोखराको आकाशमा पहिलाको तुलनामा केही बढी क्षेत्र प्राप्त गरेसंगै अब ल्याडिङको बिषयमा पनि पहिलाकै स्थान पखौदीमा ल्याडिङ(अवतराण) को लागि माग गरिएको नाका महासचिव खेमराज आचार्यले बताउनु भयो । पोखरा अन्तरास्ट्रिय विमानस्थलको कारण हाल पोखरामा विहान ११ः०० बजे देखि दिउँसो ३ः०० बजेसम्मको लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति दिएको छ । आफुहरुले क्यान सहित पर्यटन विभाग तथा मन्त्रालयहरुमा पोखराबाट सोलो प्याराग्लाईडिङ गर्ने समेत अनुमती माग गरेको महासचिव आचार्यले बताउनु भयो ।
पोखरामा फष्टाउदै आएको साहसिक खेल प्याराग्लाईडिङ स्थान्तरण भएसंगै हिजोआज करिब ५ गुणाले खस्केको व्यवसायीहरु बताउनु हुन्छ । पोखरा अन्तरास्ट्रिय विमानस्थल संचालन हुनु पूर्व पोखराबाट दैनिक जसो ५ सय आन्तरिक तथा बाह्यि पर्यटकहरुले प्याराग्लाईडिङ गर्र्दै आए पनि हाल स्थान्तरण भएसंगै हिजोआज भने पहिलो तुलानमा ५ गुणाले ह्वात्तै घटेर १ सय जनाको हाराहारीमा पुगेको एक प्याराग्लाईडिङ पाइलट रेवतीरमण पहारीले बताउनु भयो । नाका महासिचव खेमराज आचार्यले हाल पोखरा क्षेत्रमा ६२ वटा प्याराग्लाईडिङ कम्पनी रहेको उल्लेख गर्दै १० जना महिला सहित ३ सय ९९ जना प्याराग्लाईडिङ पाईलटहरू रहेको बताउनु भयो । पोखराको पर्यटनको मुख्य आकषर्णको रुपमा रहेको प्याराग्लाईडिङ पहिलाकै स्थान तोरीपानीबाट उडान आइतबार देखि संचालन हुनुले पोखरामा प्याराग्लाईडिङले पहिलाकै लयमा फर्किेने नाका सल्लाहकार शैलेन्द्र राउतले विश्वास व्यक्त गर्नु भयो ।
नेपाल प्याराग्लाईडिङ पाइलट क्लवका अध्यक्ष दीपक थापाले बाटोको कारण, मौसमको कारण मान्द्रेढुंगा भन्दा करिब २ सय मिटर माथिको उच्च भागमा रहेको तोरीपानीबाट प्याराग्लाईडिङ गर्दा केही सहज हुने विश्वास व्यक्त गर्नु भयो । फेवातालको माथिल्लो भागमा प्याराग्लाईडिङ गर्दा र तालको छेउमै ल्याण्डीङ गर्न यसले थप सुरक्षा हुन प्राविधिक बिशाल थापाले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्