Pokharapatra National Daily

रोटरी क्लब लेकसाइडको अध्यक्षमा शोभाकान्त सिग्देल

रोटरी क्लब अफ पोखरा लेकसाइडको आठौ पदस्थापनबाट वर्ष २०२३/२४ अध्यक्ष शोभाकान्त सिग्देलले पदभार ग्रहण गरेका छन् ।
प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले सिग्देललाई शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् । यस्तै रोटरी क्लव अफ पोखरा लेकसाइडका आइपिपि डा. वीरवहादुर कार्कीले चार्टर सर्टिफिकेट, कलर तथा पिन प्रदान गर्दै सफलताको कामना गरे ।
डिजिएन कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गरे । रिजन ४ का असिस्टेन्ट गभर्नर ईश्वरप्रसाद कर्माचार्यले नयाँ सदस्यद्धय किशन भण्डारी र आमोद कोइरालालाई सपथ सँगै रोटरी क्लव अफ पोखरा लेकसाइडमा प्रवेश गराए ।
आइपिपि डा. काकीले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे । एक वर्षे कार्यकालमा भएका गतिविधि प्रस्तुत गर्दै डा. कार्कील सहयोगीलाई मायाको चिनो प्रदान गरे भने उत्कृष्ट सदस्यको रुपमा मिनवहादुर गुरुङलाई सम्मान गरे ।
प्रमुख अतिथिको परिचय रोटरी क्लव अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष तथा रिजन ४ का असिस्टेन्ट गभर्नर जयराम पौडेलले गरे । वर्ष २०२३/२४ का अध्यक्ष सिग्देलको परिचय मेम्बरसिप चियर सुवास मल्ल गराएका थिए । अध्यक्ष सिग्देलले आफ्नो कार्यकालका लागि क्लब अफ एक्सन प्रस्तुत गर्दै बोर्ड अफ डाइरेक्टरलाई सपथ खुवाए । सो अवसरमा क्लबले प्रकाशन गरेको स्मारिका ‘द फेवा’ विमोचन गरिएको थियो । स्मारिकामा क्लबको गतिविधि, सदस्य र तिनका परिवारका सदस्यको विस्तृत परिचय समेटिएको क्लब एडिटर सन्तोष पन्तले बताए । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवं प्रेसिडेन्ट इलेक्ट उपेन्द्र अधिकारी, सञ्चालन सचिव विश्वदर्शन पराजुली र धन्यवाद सह सचिव लोकवहादुर गुरुङले गरेका थिए । टोस्ट पस्ताप डिष्ट्रिक्टका राइला कमिटीको चियर एवं एड टु गभर्नर रोजन्द्र लिगलले गरेका थिए । क्लबमा हाल ३७ सदस्य रहेको क्लवका कोषाध्यक्ष राजकुमार अर्यालले पोखरापत्रलाई वताए ।

प्रतिकृया दिनुहोस्