Pokharapatra National Daily

पर्यटनको अथाह सम्भावना भएर पनि पछाडि परेको पोखरा २२ को मार्की, सिम्ले, पात्ले

पोखराको मुख्यबजार क्षेत्रबाट नजिकै रहेको पोखरा २२ को मार्की, सिम्ले, पात्ले लगायतको क्षेत्रमा पर्यटनको अथाह सम्भावना भएर पनि बत्ती मुनिको अध्यारो भएको स्थानीयले गुनासो गर्नु भएको छ ।
४४ औं विश्व पर्यटन दिवसको अवसरमा मार्की, सिम्ले,पात्ले पदयात्रा कार्यक्रममा सहभागि हुन उक्त क्षेत्रमा पुगेको एक जम्बो टोली समक्ष स्थानीय देविलाल लामिछानेले पर्यटकीय र दृश्यावलोकनको हिसावले निकै महत्वपूर्ण पर्यंटनको आकर्षणको केन्द्र सो क्षेत्र अझै पनि बत्ती मुनिको अध्यायारो जस्तो हुनु परेको गुनासो गर्नु भएको हो । मार्गी धर्मडाँडा टोल बिकास संस्थाका संयोजक समेत रहनु भएका लामिछाने पर्यटकीय हिसावले निकै मनमोहक उक्त क्षेत्रमा भए पनि पर्यटकीय गतिविधि नहँुदा स्थानिय कृषि कर्ममै व्यस्त हुनाले आफुहरु पछि परेको बताउनु भयो । सो क्षेत्रका जनताको लागि फेवाताल माथि क्षेत्रमा सेल्फी पुल निर्माण गर्न आवश्यक भएको उहाँहरुको माग रहेको छ । हाल आफुहरु धेरै बर्ष खनेको कच्ची सडकबाटे प्रयोग गर्नु परेकोले सडक स्तरउन्नती समेत हुन आवश्यक भएको लामिछानेले बताउनु भयो ।
मंगलबार आफ्नो गाँउमा पदमार्ग प्रमोशन गर्न भन्दै आएको टोलीलाई स्थानीय मार्ग दर्शक आमा समूह, संसारीमाई आमा समुहले मार्कीमा फुल मालाले स्वागत गर्नु भएको थियो । राउन्ड फेवा, भ्यू फेवा २ देखि ३ घण्टाको छोटो दुरीको उक्त पदमार्गमा लगानी गरी पदमार्गका पर्यटकहरुको आगमनमा बृद्धि गर्न सके आफुहरुले पर्यटनबाट आर्थिक लाभ लिन सक्ने लामिछानेले बताउनु भयो ।
गण्डकी प्रदेशका सांसद प्रकाश बराल, प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, मुख्यमन्त्री तथा मत्रिपरिषद कार्यालयका सचिव विनोद कुवंर, आर्थिक मामिला मन्त्रालयका सचिव बिष्णुप्रसाद शर्मा, उद्योेग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पोखराका पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ, टान गण्डकी प्रदेशका अध्यक्ष अध्यक्ष धर्मराप पन्थी, पर्यटन व्यवसायी, विभिन्न संघ संस्थका प्रतिनिधिहरु टोलीमा सहभागि भएको टानका सचिव तिर्थराज सुवेदीले बताउनु भयो । उक्त पदमार्गबाट दृश्यावलोकनको दृष्टीले निकै मनमोहन फेवाताल, पोखरा, माछापुच्छे, अन्नपूर्ण, माछापुच्छ«े लगायतका हिमश्रृखला अवलोकन गर्न सकिने उपयुक्त छोटो गन्तव्य हुन सक्ने प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले बताउनुभयो । उपाध्यक्ष देवकोटाले राउण्ड फेवा भ्यू फेवाको प्रमोशन गर्न प्रदेश सरकारले लगानी गर्न सुरू गरेको बताउनु भयो । प्रदेश सांसद प्रकाश बरालले राउन्ड फेवा भ्यू फेवा जस्तो नारा उस्तै प्रकृतिको पद मार्ग बनाउन सुझाव दिनु भयो । फेवातालको तीन तहका सरकारको समन्वय गरि ५ देखि ८० मिटरसम्म आवश्यकताको आधारका मापदण्ड कायम गरी यसको विवाद अन्त्य गर्नु पर्ने बताउनु भयो । उधोेग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले नजिकको ठाउँमा भएको यस्ता पदमार्गको प्रमोशन गर्नु पर्नेमा जोड दिनु भयो । सहज र छिटो पदमार्गमा बढी पर्यटक भित्राउन पर्यटन बिदाको समय यस्ता पदमार्गमा आकर्षण गर्नु पर्ने सुझाव दिनु भयो ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले यस पदमार्गको प्रमोशन गर्न आवश्यक भएको बताउनु भयो । बुधबार विश्व पर्यटन दीवस पर्यटक स्वागत गर्ने, बेलुका मिनी सडक महोत्सव हुने उहाँको भनाई छ । परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पर्यटन बचाउन वातावरण जोगाउनु पर्नेमा जोड दिनु भयो । ड्याम साईडबाट पुम्दी भुम्दी हुँदै पन्चासेसम्मको लामो दुरीको पदमार्ग जोड्न उहाँले आग्रह गर्नु भयो । टानका अध्यक्ष धर्मराज पन्थी पदयात्रामा सहभागिले प्लास्टिकजन्य बस्तु स्वयम् आफैले व्याबस्थापन गर्नु पर्ने बताउनु भयो । टानका प्रथम उपाध्यक्ष कृष्ण आचार्यले पदमार्ग विस्थापित भएको अबस्थामा छोटो दुरीका पदमार्गको प्रमोशन गर्न आवश्यक भएको बताउनु भयो । सो क्षेत्र प्राकृतिक रूपमा मनोरम दृश्यावलोकनको उत्कृष्ट गन्तव्य हुने उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस्