Pokharapatra National Daily

मणिपाल अस्पतालमा एक महिलाको मृत्यु पछि अस्तालमा तनाव

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारकै क्रममा एक महिलाको मृत्यु भए पछि अस्पतालमा तनाव उत्पन्न भएको छ । लमजुङ सुन्दर बजारकी ५७ बर्षीया सुकमाया दुराको उपचारकै क्रममा सोमबार मृत्यु भए पछि अस्पतालमा तनाव उत्पन्न भएको हो ।
अस्पतालका स्वास्थ्यकर्मी एवं विद्यार्थी र पिडिताका आफन्त बिच भनाभन र नारा बाजी हुँदा एक आपसमा पानीका वोतल हानाहान समेत भएको थियो । आइतबार दिउँसो करिब ४ः०० बजे जसो उपचार गर्न अस्पताल आएकी दुराको सामेबार दिउँसो करिब ३ः०० बजे अस्पतालले उहाँलाई मृत घोषणा गरे पछि अस्पतालमा विभाद उत्पन्न भएको हो । आफै हिडेर अस्पताल पुगेकी बिरामीको मृत्यु भएको कारण माग्दा अस्पताल प्रशासनले दादागिरी देखाएको पिडितका आफन्त नविन लामाले आरोप लगाउनु भयो । उच्च रक्तचापका कारण उपचार गर्न आएकी बिरामीको अस्पतालले आफुखुसि शल्यकृया गरी औषधि दिएको लामाले दाबी गर्नु भयो । दुराको मृत्यु हुने कारण सहित दोषी उपर कारवाहीको माग गर्दा अस्पताल प्रशासनले आफुहरु माथि जाई लागेको पिडितका आफन्त लामाले बताउनु भयो । उपचारकै क्रममा मृत्यु हुने घटनालाई आफुहरुले सत्य तथ्य घटना बारे बुझ्न खोज्दा आफुहरुका ३ जनालाई अस्पताल प्रशासनले बन्धक बनाएको आरोप लगाउनु भयो । लेखमान दुरा, विनय गुरुङ र शिवना गुरुङलाई अस्पतालले बन्दक बनाएका कारण अस्पतालमा थप तनावको अबस्था सृजना भएको लामाले बताउनु भयो । लमजुङ अस्पतालमा सामान्य उपचार पछि उच्च रंक्तचाप भएको कारण थप उपचारको लागि मणिपाल ल्याईएको पिडितका आफन्तले बताउनु भएको छ । अस्पताल भित्र अस्पतालकै स्वास्थ्यकर्मी एवं बिद्यार्थी र पिडितका आफन्तहरु बिच सोमबार साँझ देखि यो समाचार तयार पर्दा बेलुका ९ः०० बजेसम्म एक आफसमा भनाभन हुदै पानीका वोतलले एक आपसमा हानाहान भएको थियो । अस्पतालका स्वास्थ्यकर्मी तथा बिद्यार्थी र पिडित बिच झडप हुँदा अस्पतालमा उपचार गर्न पुगेका विरामी तथा उनका कुरुवाहरु समेत त्रसित हुनु भएको छ । घटनाको बिषयमा अस्पतालका संचालक नारायण पौडेलले पिडितका आफन्तहरुले अस्पतालका डा.अनिल शाह माथि हातपात भएको बताउनु भयो । उक्त घटनाको बिषयमा कानून बमोजिम दोषी उपर कारवाही हुने उनले बताउनु भयो ।
पोखरा ५ मालेपाटनका ३४ बर्षका विनय गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी श्रवण कुमार बि.क.ले बताउनु भयो । सिसि क्यामरा फुटेजका आधारमा उहाँलाई अस्पतालका चिकित्सक माथि हातपात गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्