Pokharapatra National Daily

पर्यटन दिवसको अवसरमा पोखरामा मिनी सडक महोत्सव हुने

पर्यटकीय नगरी पोखरामा पोखरा पर्यटन परिषदको आयोजनामा ४४ औं विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) को अवसरमा मिनी सडक महोत्सव हुने भएको छ ।
यही असोज १० गते (२७ सेप्टेम्बर) मा पोखराको लेकसाइडमा मिनि सडक महोत्सव सहितका विभिन्न कार्यक्रम हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । रेवान पोखराको आयोजनामा वाराहीचोक देखी खहरे चोकसम्म बुधबार पर्यटन दिवसको दिनमा साँझ पाँच बजेदेखि मिनि सडक महोत्सबको आयोजना हुने भएको परिषदले जनाएको छ । महोत्सवमा नेपाल र भारतका विभिन्न साँस्कृतिक समेत प्रदर्शन गरिने भएको छ भने बाजागाजा, झाँकी सहितको र्याली प्रर्दशन गर्नुका साथै पर्यटकहरुलाई फुलमालाले स्वागत समेत गरीने भएको परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । सडकमै खाउ, सडकमै रमाउ भन्ने उद्देश्यका साथ आयोजना हुने कार्यक्रमले आन्तरीक तथा वाहिय पर्यटनलाई पोखरा भित्रयाउन महत्वपूर्ण भूमिका खेल्ने आफुहरुले अपेक्षा गरेको अध्यक्ष श्रेष्ठले जनाउनुभयो । कोभिड १९ बाट प्रभावित भएकोे पर्यटन क्षेत्रलाई थप टेवा पुर्याउने उद्धेश्यले पर्यटन दिवसको अवसरमा एक दिने पदयात्रा, बृक्षारोपण, रंक्तदान कार्यक्रम, भारतका टुर अपरेटर र संचारकर्मीको साथमा नेपाली टुर अपरेटर तथा पत्रकारहरु बिच अन्तरक्रिया लगायतका कार्यक्रम हुने भएको उहाँले बताउनु भयो । असोज १० गते बुधवार गण्डकी प्रदेश सरकार, उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रबंद्र्धन तथा पोखरा पर्यटन परिषद्को आयोजनामा ४४ औं विश्व पर्यटन दिवस “टुरिजम एण्ड ग्रिन डेभलपमेन्ट” भन्ने मुल नाराका साथ मनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । पर्यटन दिवसकै दिनमा नाट्टा गण्डकीको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम हुने भएको छ भने पोखरा स्थित पर्यटकीय संघ संस्थाहरुले पोखरा अन्तराष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन वसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत सम्मान समेत गरिने भएको परिषदका सचिव हरि भुजेलले बताउनु भयो । पर्यटन दिवसको पूर्व सन्ध्यामा असोज ९ गते टान गण्डकीको आयोजनामा व्यवसायीहरु, पर्यटकहरु र पत्रकारहरु सहितको टोली मार्गी देखि पुम्दीकोट सम्मको एकदिने पदयात्रा कार्यक्रम आयोजना हुने भएको परिषदका बरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले बताउनुभयो ।
विश्व पर्यटन दिवस २०२३ को गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यतालिका तय भएको परिषदले जनाएको छ । उक्त कार्यक्रममा नेपालका लागी भारतिय राजदुत नविन श्रीवास्तवको सहभागि हुने भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
विश्व पर्यटन दिवसको अवसरमा छिमेकी मित्रराष्ट्र भारतवाट भारतीय टुर्र अपरेटर र भारतिय मिडियार्कीहरु समेत पोखरा आउने भएका छन् । भारतबाट आउनु भएका टुर अपरेटर, मिडियाकर्मी र नेपाली मिडियाकर्मी, टुर अपरेटरबीच अन्तरक्रिया समेत हुने भएको हो । गण्डकी प्रदेशको उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले प्रदेश सरकारले समग्र प्रदेशको पर्यटन प्रबद्र्धनमा लगानी गर्दै आएको बताउनुभयो । प्रदेशका ११ जिल्लाका पर्यटकीय गन्तव्यहरुको डिपिआर सहित आईईई गरेर यस बर्ष ६ वटा गन्तव्यमा बजेट समेत विनियोजन भएको उहाँले बताउनुभयो । कार्यक्रममा पत्रकारले पोखराको लेकसाइड मात्र केन्द्रित हुने गरी पर्यटकीय गतिविधि नगर्न सुझाव दिनु भएको थियो ।

प्रतिकृया दिनुहोस्