Pokharapatra National Daily

नेपाली मौलिकपनलाई बचाउन सके पर्यटनबाट आर्थिक लाभ लिन सक्छौंः मन्त्री किराँती

स्वामी कमलनयनाचार्य श्रीजी महाराज (श्रीमुक्तिनाथबाबा) लाई श्रीहेम देवी धर्म, संस्कृति तथा समाजसेवा पुरस्कार अर्पण गरिएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार पोखरामा एक समारोहका बिच उक्त पुरस्कार श्रीमुक्तिनाथबाबालाई अर्पण गर्यो ।
उक्त पुरस्कारको राषि १ लाख १ हजार रहेको छ । श्रीमुक्तिनाथबाबालाई उक्त पुरस्कार नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले अर्पण गरे । कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नेपालमा धार्मिक पर्यटनको प्रचुर सम्भावना रहेको दाबी गरे । नेपालको पर्यटनमा एकिकृत विकास गर्नुपर्ने बताउदै मन्त्री किराँतीले पर्यटनलाई नेपालका धार्मिक मठ मन्दिरहरुसंग जोड्न सक्नुपर्ने जनाए । मुक्तिनाथ, विन्ध्यवासिनी, पशुपतिनाथ, लुम्बिनी, संसारको अग्लो शिखर सगरमाथा हाम्रो देशमा भएर पनि ज्ञानका हिसावले निकै कम भएको मन्त्री किराँतीले बताए । हाम्रो समाजमा इद्रेणि रहेको उल्लेख गर्दै मन्त्री किराँतीले तर हामी फिक्का फिक्का हुदै गएको गुनासो गरे । संसारमै रंगी विरङगी संस्कृति भएको मुलुक नेपालमै संस्कृतिको ऐन नभएको उहाँले गुनासो गर्नु भयो । संस्कृतिको नीति निर्माण पछि प्रज्ञा प्रतिष्ठानको कुलपतिको संयोजकत्वमा ११ सदस्य समिति गठन गरेको बताउदै मन्त्री किराँतीले त्यो नीतिका आधारमा संस्कृति ऐन बनाउने उल्लेख गरे । पर्यटनको क्षेत्रमा बढी भन्दा बढी जनशक्ति उत्पादन गर्न सरकार लाग्ने उहाँको भनाई थियो । पर्यटन विश्व विद्यालय स्थापना गर्न समेत मस्यौदा समिति गठन गरेको मन्त्री किराँतीले बताए । सचिवको नेतृत्वमा ऐन ड्राफ बनाउन लागेको उनको भनाई थियो ।
नेपालको पर्यटनको विकास विश्वका मुलुक भन्दा फरक ढंग संस्कृति र प्रकृतिको संयोजनबाट मात्र हुने दाबी गरे । उनले भने “अर्कोको देशको जस्तो नक्कल गरेर हामी कहिले पनि पर्यटनको क्षेत्रमा विश्व बजारमा प्रतिष्प्रर्धा गर्न सक्दैनौं, हामीले हाम्रो आफ्नो मौलिक पन दिने हाmे हाम्रा चोकै पिच्छे मन्दिर, विभिन्न समुदायको कला भेष भुषा संस्कृति हुनु यो नै हाम्रो पर्यटनको आकषर्णको केन्द्र हो ।” कुनै देशले गोरु जुधाएको पनि टिकट बिक्रि गरी पर्यटक भित्राउने गरेको उदाहरण दिदै मन्त्री किराँतीले हाम्रो देशमा मनाउदै आएका चार्ड पर्व र जात्राले पनि विश्वका पर्यटकहरुलाई आकषर्ण गर्न सकिने दाबी गर्नु भयो । संसारका मान्छेहरु एक दिन हाम्रो देशमा आउने दाबी गर्दै मन्त्री किराँतीले जहाँ कुनै सवारी साधन नचल्ने र मोवाइल फोन समेत नचल्ने त्यस्तो स्थानको खोजिमा नेपाल पर्यटनको पहिलो गन्तव्य हुने उल्लेख गरे । धार्मिक क्षेत्रले पर्यटनको मात्र नभई देशको आर्थिक विकासमा योगदान दिने मन्त्री किराँतीले जनाए । विकासको मोडलमा नेपाली स्वादको पर्यटन निर्माणको निम्ति, विकासको मोडलमा परिवर्तन हुन आवश्यक भएको मन्त्री किराँतीले बताए । भारतको हरिद्धारमा लाखौ जाने धार्मिक पर्यटकहरुलाई नेपालका धार्मिक मठ मन्दिर पशुपति, मुक्तिनाथ, विन्ध्यवासिनी मन्दिरमा किन ल्याउन सकिदैन भन्दै उहाँले प्रश्न गरे । हाम्रो देशमा ठुला ठुला योगशिवरहरु संचालन गर्न सकिने सम्भावना रहेको उनकोे भनाई छ ।
उक्त पुरस्कार ग्रहण गर्दै श्रीमुक्तिनाथबाबाले बागलुङको पञ्चकोटमा आउदो फागुन ९ देखि २३ गतेसम्म अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० को आयोजना हुने भएको बताए । नेपालमा सबै धर्म सस्कृतिको सम्मान हुने गरी मिलेर बस्नुको बिकल्प नभएको बताउदै धार्मिक द्धोन्द्ध भएमा देशको अस्तित्व नै नहुने उनको दाबी थियो ।
उक्त पुरस्कारको १५ लाख अक्षयकोष रहेकोले हरेक बर्ष सामाजिक तथा धार्मिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको एक जनालाई सम्मान गरिदै आएको सचिव तिर्थ श्रेष्ठले बताए । समितिले ज्येष्ठ नागरिक सेवा,एम्बुलेन्स सेवा, प्राकृतिक चिकित्सालय लगायतको सेवा संचालन गर्दै आएको अध्यक्ष गणेश बहादुर श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्