Pokharapatra National Daily

तीनै तहका कर्मचारीले पाउने सुविधा समान हुनुपर्छः मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय, प्रदेश र सङ्घ सरकारका कर्मचारीले समान सुविधा पाउनुपर्ने बताउनुभएको छ ।
निजामती सेवा दिवस २०८० को अवसरमा शुक्रबार पोखरामा आयोजित मूल समारोहमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले तीनै तहका कर्मचारीले पाउने सेवा, सुविधा र वृत्तिविकास एकै किसिमको हुनुपर्नेमा जोड दिनुभयो । “यदि कोही स्थानीय तहबाट प्रदेश सरकार आउन चाहन्छ र प्रदेश सरकारबाट सङ्घीय सरकारमा जान चाहन्छ भने त्यसको बाटो र वृत्तिविकासका आधार सामान हुनुपर्छ,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “कर्मचारीको सेवा र सुविधा समान हुनुपर्छ भन्ने कुरामा साथ दिन म तयार छु ।” सरकारको सफलता÷असफलतामा कर्मचारीको पनि जनप्रतिनिधि जतिकै समान भूमिका हुने उहाँले बताउनुभयो ।
राजनैतिक दलका आधारमा पक्षपात नगरी सेवा प्रवाहलाई सरल, सहज र चुस्त, दुरुस्त बनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री पाण्डेले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।
संघ सरकारले बिहीबार मन्त्रिपरिषद्बाट संघीय निजामती सेवा ऐन पास गरी सदनमा पेश गर्ने गरी अगाडि बढाएको उल्लेख गर्दै उहाँले ऐनलाई सकरात्मक बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।
यसैगरी सो अवसरमा मुख्यमन्त्री पाण्डेद्धारा पूर्व कर्मचारी परिषद् कास्कीबाट प्रकाशित गोधूलीको सन्देश अठारौं अंक विमोचन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्