Pokharapatra National Daily

पोखरा रंगशालामा बाघ मार्दै सम्पन्न भयो बाघ जात्रा

पोखरा रंगशालामा प्रतिकात्मक बाघ मार्दै २३ बर्ष पछि पहिलो पटक पोखरामा आयोजना भएको बाघ जात्रा सम्पन्न भएको छ ।
सोमबारदेखि पोखरामा सुरु भएको बाघ जात्रा पोखराका विभिन्न नगरी परिक्रमा गर्दै बुधबार पोखरा रंगशालाको फुटवल मैदानमा हजारौं दर्शक माझ साँझ पख प्रतिकात्मक बाघ मारेसंगै उक्त जात्रा सम्पन्न भएको आयोजक समितिका संयोजक जवाहरलाल श्रेष्ठले बताए । विभिन्न कारणले गर्दा २३ बर्षमा पोखरामा पहिलो पटक आयोजना भएको बाघ जात्रा अब ७ बर्षमा आयोजना गरिने भएको उनले जनाए । बाघजात्रा तीन दीन पोखराका विभिन्न बजार हुदै बस्तीसम्म प्रर्दशनी गरिएको थियो भने कुनै आस्था र धर्म भन्दा नितान्त फरक ढंगले परम्परादेखि मनोरन्जनको रुपमा मनाउदै आएको आयोजक समितिका सचिव सुनिल उलकले बताए । यस बर्षदेखि उक्त जात्रालाई अन्य समुदायका व्यक्तिहरुले समेत साथ र आफ्नो अभियानमा जुटेको सचिव उलकले दाबी गरे । बाघ जात्रालाई आफुहरुले सबैको जात्रा र यसलाई संस्कृतिको रुपमा ग्रहण गर्नुपर्ने उनको भनाई छ । उनले भने “जसरी हामीले टोल टोललाई पत्र पठाएका थियौं तर पत्र पठाए अनुसार बाघ जात्रामा केही कम सहभागिता भएको हामीलाई महशुस भएको छ ।” जात्रा वा संस्कृति कसैको खल्तीम राखेर हिड्ने नभएको बताउदै सचिव उलकले यस बर्षको बाघ जात्रामा मगर, शेर्पा, भोटे लगायतका समुदायको साथ प्राप्त भएको बताए ।
४ बर्ष पछि भैरव जात्रा आयोजना हुने भएको बताएका उलकले ताया माचाः पोखराको ब्राण्ड नै भएको दाबी गरे । संस्कृति जोगाउन नयाँ पुस्तालाई पुस्ता हस्तान्तरण गरिएको उनले दाबी गरे । ८० बर्षका कृष्णदेव प्रधानाङग् र मेघबहादुर ताम्राकार दुई जनाले मात्र प्रतिकात्मक बाघ मार्दा त्यसलाई म्युजिकको तालमा कसरी मार्ने भन्ने ज्ञान भएकोले हाल ८ जनालाई ताम्राकारबाट प्रशिक्षण गराई पुस्ताहस्तान्तरण गरिएको सचिव उलकले बताए ।
उक्त कार्यले बाघ जात्राको बिषयमा अबको २० देखि २५ बर्षलाई ढुक्क हुने भएको उनले बताए । उनले भने “गलत कुरालाई समाजबाट अन्त्य गर्नुपर्छ, हामी भित्र रहेका नकरात्मक तत्वलाई समेत हटाउनु पर्छ, समाजलाई समस्या दिनेहरु प्रतिकात्म बाघको रुपमा पनि केही हुन सक्छन उनीहरुलाई पनि सकरात्मक बाटोमा लैजानु पर्छ भन्न्ने पनि यो जात्राको सन्देस हो ।” २३ बर्ष अघि संयोजक रहेका श्रेष्ठले यसबर्ष आयोजना भएको जात्रामा आफुहरुले अपेक्षा गरे भन्दा बढी पोखरेलीहरुको साथ र समर्थन पाएको दाबी गरे । जात्रामा सहभागि हुने कलाकार देखि प्रर्दशन भएको जात्रा अवलोकन गर्नेहरुको समेत उत्तिकै सकरात्मक ढंगले सहभागि भएको उनले जनाए । उक्त कार्यक्रममा एक सय भन्दा बढी कलाकारहरु सहभागिता भएको श्रेष्ठले बताए । लोपोन्मुख अवस्थामा रहेको जात्राको उजागर गर्न र युवापुस्तालाई पुस्तान्तरण गर्ने उद्देश्यले बाघ जात्रा आयोजना गरिएको संयोजक श्रेष्ठले जनाए । पराम्परागत रुपमा चलेको यस जात्राले जंगली जनावार बाघसंग जोडिएको पाइन्छ । पहिला पहिला गाँउ घरमा बाघले धेरैलाई दुःख दिने गरेकोले गाँउलेहरुले राजा समक्ष हार गुहार गरी शान्ति सुरक्षाको माग भए बमोजिम बाघलाई नियन्त्रण गर्न राजा सहितका प्रधानमन्त्री, प्रधान सेनापति, सुरक्षाकर्मीको टोली खटियको प्रचलन रहेको थियो । मानव बस्ती बढेसंगै जंगली जनावरको बासस्थान समेत मासिदै जादा पनि जंगली जनावर बाघ मानव बस्तीमा आएर आक्रमण गर्दा त्यसलाई मारेर मात्र मानव बस्तीको सुरक्षा हुने प्रचलन अनुसार त्यसको सिको गर्दै यसपालीको बाघ जात्रामा पनि यसको डेमो प्रर्दशनी हुने भएको सचिव उलकले दाबी गरे । शनिबार बेलुका बाघ मारेसंगै कार्यक्रम सम्पन्न भएको उनले जनाए । यसपाली भक्तपुर नगरपालिकाबाट घिन्ताङघिसी बाजा सहितको नृत्य प्रर्दशनी गरिएको थियो भने मुस्ताङबाट राजा र रानीको रुपमा घोडामा चढायर हिडालिएको थियो । बाघ जात्रामा लाखे, कुमारी, तायाः माचा नृत्य लगातको विभिन्न कला संस्कृति झल्कने भेषभुषा सहित प्रस्तुती गरिएको सचिव उलकले बताए ।
एक सय बर्ष अघि देखि पोखरामा यस जात्रा मनाउदै आएको बताइन्छ । उहाँले भन्नु भयो“यो जात्राको सुरुआत मानिस र बाघको द्वन्द्वसँग जोडिएको छ , बाघको हैरानी र डरबाट मुक्ति भएको दिनको सम्झनामा जात्रा बनाइएको हो, अहिले यो नेपाली खासगरी नेवारी समुदायको मौलिक र महत्वपूर्ण जात्राको रुपमा स्थापित छ, यसलाई हामीले जात्राको पनि महाजात्राको रुपमा लिने गर्दछौं ।” जात्रामा राजा, रानी, मन्त्री, जनता, घोडा सहित सेना, कुमारी, लाखे, बाँसुरी, तायाः मचा, लगायतका नेवारी समुदायमा प्रचलित जात्रा तथा संस्कृतिको प्रर्दशन भएको संस्कृतिकर्मी अष्टमान प्रधानाङगाले बताए ।
उक्त कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख खर्च हुने समितिले दाबी गरेको छ । शनिबार बेलुका मात्र नेवारी समुदायको तायाः माचाः नृत्य प्रतियोगिता सम्पन्न भएको सोमबार देखि बाघ जात्रा पोखरामा संचालन भए पनि एकै सातामा अर्को ऐतिहासिक बाघ जात्रा भव्य रुपमा पोखरामा सम्पन्न भएको नेवा खलः कास्कीका अध्यक्ष असोक पालिखेले बताए ।

प्रतिकृया दिनुहोस्