Pokharapatra National Daily

पोखरालाई पर्यटनको ट्रान्जिट प्वाइट बनाउनु पर्छंः मन्त्री डा.महत

नेपाल सरकारका अर्थ मन्त्री डा. प्रकासशरण महतले पोखरालाई पर्यटनको केन्द्र र यसलाई ट्रान्जिट प्वाईट बनाउनु पर्ने बताए । पोखरा पर्यटन परिषदको २३ औं बार्षिक साधारणको सोमबार पोखरामा उद्घाटन गर्दै मन्त्री डा.महतले प्रकृति, संस्कृति, पर्यटकीय गन्तव्य, भूगोल लगायतका हिसावले पनि नेपालकै पर्यटनको मुख्य आकषर्णको केन्द्र पोखरा भएको बताएका हुन् ।
पोखराको पर्यटनको ट्रान्जिट प्वाइन्ट बनाउनु पर्ने उनको सुझाव थियो । पोखरा अन्तराष्टिय विमानस्थलबाट अन्तराष्ट्रिय हवाई उडान गर्ने बिषयमा सरकारले छलफल गर्दै अघि बढेको मन्त्री डा.महतले बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलले हाल रनिङ कस्ट धान्न समेत कठिन हुने अबस्था रहेको उनको भनाई थियो । पोखरा विमानस्थल कहाँबाट के कसरी संचालन गर्न सकिन्छ त्यसको खोजी गरिएको बताउदै मन्त्री डा.महतले निजगण विमानस्थललाई अन्तर्राष्ट्रिय हवाई उडान गर्नु पर्नेमा जोड दिए । केही समय पश्चात पोखरामा धेरै पर्यटक आगमन हुने उनको दाबी छ । केही समय धैर्य गर्न आग्रह गर्दै मन्त्री डा.महतले बर्खायाम सकिने वितिकै पोखरा मुग्लिङ सडक खण्डको काम थप प्रभावकारी र व्यबस्थित हुने हुँदा पोखरा क्षेत्रमा सडक मार्ग हुदै पोखरा आउने पर्यटनको संख्यामा बृद्धि हुने दाबी गरे ।
नेपालमा सोच विचार र अध्ययन विना गर्ने लगानी र युवा शत्ति विदेशीनुले नेपालको अर्थतन्त्रमा ठुलो असर पारेको उनको दाबी छ । नेपालमा सामान्य अबस्थामा एकाद व्यवसायहरु राम्रो भएको भरमा विना अध्ययन लगानी गर्नुले व्यवसायीहरु ठुलो मारमा परेको बताउदै उनले अहिलेको अधिकांश युवा शक्ति विदेश जाने र जानखोज्नु परिपाटीले नेपालको अर्थतन्त्रलाई नै असर पुगेको जिकिर गरे । धेरै नकरात्मक कुरा गर्नाले युवा शक्ति नेपालमा बस्न नचाहेकोले अब प्लस टु सकेका बिद्यार्थीहरुलाई नेपालमै स्नातकतह (व्याचलर) सम्मको अध्ययन पश्चात मात्र विदेश जान पाउने प्रावधान बनाउनु पर्ने मन्त्री डा.महतले बताए ।
नेपालमा धेरै सम्भावना हुँदा हुदै विदेश जानु उपयुक्त निर्णय नभएको बताउदै मन्त्री डा.महतले बिदेशमा जानेहरु मध्य केहीले दुःख पाएको, नेपालको धेरै रकम शिक्षाका लागि बाहिरिएकोले कक्षा १२ पढेर विदेश जाने युवाहरुलाई तत्काल रोक्नु पर्ने अबस्था आएको बताए । नेपालमा शिक्षा राम्रो हुदा हुदै लटका भरमा ५० गुणा बढी रकम दियर विदेश पठाउने गरेको उनको भनाई थियो । नेपालमै विश्व स्तरकै र गुणस्तरिय तथा प्राविधिक कलेजहरु हुँदा हुँदै विदेशी नेपालको लागि ठुलो विडम्बना भएको मन्त्री डा.महतको भनाई थियो ।
नेपालको अर्थतन्त्रमा विस्तारै सुधार हँुदै आएको बताउदै उनले व्यवसायीहरुलाई केही समय धैर्य गर्न आग्रह गरे । चालु आर्थिक बर्षको भदौंको दोश्रो सातासम्म आउदा अघिल्लो बर्षको तुलनामा राजश्व संकलन, पर्यटन आगमनमा बृद्धि लगायतका केही सूचाकाङकमा सुधार हुदै आएकोले व्यवसायीहरुलाई अझै केही समय धैर्य गर्न मन्त्री डा.महतले सुझाव दिए । सरकारको सामाजिक दाहित्व र विदेशबाट लिएको ऋणको व्याज तिर्न तथा क्रमागत योजानमा बजेटमा विनियोजन गर्नुपर्ने भएकोले सरकारले यस बर्ष धेरै बजेट विकासका योजनालाई विनियोजन गर्न नसकेको उहाँको भनाई थियो । गण्डकी प्रदेशका वन उधोग पर्यटन तथा बाणिज्य मन्त्री दीपेन्द्र बहादुर थापाले धार्मिक पर्यटन सम्भावना भएको बताउदै पोखरालाई पर्यटनको हव वनाउने अभियानमा प्रदेश सरकार लाग्ने जनाए । गण्डकी प्रदेशका सांसद देवका पहारीले जलवायु परिवर्तनको कारण प्रदेशमा ठुलो जोखिम बढेको दाबी गर्दै फेवाताल संरक्षणमा संघ सरकारले ध्यान दिन माग आग्रह गरिन् । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले समय परिस्थितिको व्यावसायीले सामना गर्नुपर्ने बताउदै समस्याको साझेदारी गर्न तयार रहेको बताए । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पोखराको आर्थिक बिकासको मुल आधार पर्यटन नै भएको दाबी गरे । पर्यटन क्षेत्रमा सरकारी स्तरबाट लगानी र प्रबर्द्धनमा ध्यान नपुगेको उनले दाबी गरे । देशमा आर्थिक असमानता बढेको बताउदै कर्जामा व्यावसायीको पहुच पुर्याउनु पर्ने उनकोे जोड थियो ।
केही घरनाले नेपालको अर्थतन्त्र आफ्नो हातमा लिएकोले यसलाई समयमै नियमन गर्न नसके देशको अर्थतन्त्र खस्कने उनको दाबी छ । परिषदका पूर्व अध्यक्ष गोपी भट्टराईले विनियोजन भएको पर्यटनको रकम प्रमोशनमा खर्च गर्न माग गरे । होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले अबको असोजमा होटल व्यवासायीहरुले किस्ता तिर्न नसक्ने चेतावनी दिदै महानगरले घर तथा भवनको अभिलेखिकरणमा ३ सय रकम अशुल्न खोज्नु न्यायचित निर्णय नभएको गुनासो गरे । अहिलेको अबस्थामा होटल बुकिङ खासै नआएको अध्यक्ष सुवेदीले उल्लेख गरे । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पर्यटन व्यवसायी सहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको महासचिव संजयकान्त सिंग्देलले बताए ।

प्रतिकृया दिनुहोस्